सोच नेपालको स्थलगत कार्यक्रम सम्पन्न



काठमाडौँ, २१ माघ
प्रमाणमा आधारित सहभागीमूलक अनुसन्धान पद्दति नामक तालिमको स्थलगत अभ्यास बुढानिलकण्ठ नगरपालिका -११ मा सम्पन्न भएको छ ।

पारस्पारीक जवाफदेहिता परियोजना अन्तर्गत विभिन्न १६ जिल्लाका स्वयमसेवकलाई ईक्वएल एक्सेस, नेपानमित्र समाजले कार्यक्रम आयोजना गरेको हो । सोही अवसरमा स्थलगत अभ्यासको क्रममा स्वमसेवकहरुले बु.न.पा. ११ को कृषि सम्बन्धि समस्याको बारेमा स्थानीयसँग प्रत्यक्ष अन्तर्क्रिया तथा समूहगत छलफल गरेका थिए ।

सोच नेपालले बुढानिलकण्ठ नगरपालिका – ११ मा निरन्तर कार्यक्रम गरी यहाँको स्थानिय समस्या समाधानको लागि जरोसम्मै पुगेकोमा उक्त वडाका महिला वडा सदस्य भगवती निरौलाले खुशी व्यक्त गर्दै धन्यवाद दिएकी  थिईन् ।

स्वमसेवकहरु वडाका विभिन्न क्षेत्रमा स्थलगत निरीक्षण गरी यहाँको वस्तुस्थित अध्ययन गरेका थिए । कार्यक्रमको संयोजन सोच नेपालले गरेको जानकारी संस्थाका परियोजना व्यबस्थापक राजेन्द्र कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्