कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक (तालिका सहित)



काठमाडौं, २१ माघ

कक्षा ११ र १२ को परीक्षा तालिका राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले सार्वजनिक गरेको छ । कक्षा ११ र १२ को साधारण (संगीत र सस्कृत विषय समूह समेत) तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एंव आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षाको तालिका सार्वजनिक गरिएको हो ।

सार्वजनिक तालिका अनुसार कक्षा १२ को परीक्षा २०७५ साल बैशाख १४ गतेदेखि २७ गतेसम्म तथा कक्षा ११ को परीक्षा बैशाख ३० गतेदेखि जेठ ९ गतेसम्म हुनेछ ।  परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म हुनेछ ।

प्रतिक्रिया दिनुहोस्