सुष्माको नेपाल भ्रमण भित्र लुकेको कालो रहस्य !



काठमाडौँ, २१ माघ :

शिरिष कुमार जोशी

पूर्बिय दर्शनका ज्ञाता आचार्य कौटिल्यले राज्य सञ्चालनको नीति सम्बन्धमा एउटा सिध्दान्तको प्रतिपादन गरेका थिए जून सिद्धान्त सप्ताङ्गा थ्योरी का नामले चिर परिचित छ त्यही सप्ताङ्गा थ्योरीको एक पाटो हो कूटनीति कुटनीतिको बिषयमा आचार्य कौटिल्यले बिहंगम र बिषद चर्चा गरेका छन्। उनले राजनीति वा कुनै पनि गम्भीर समस्याको समाधान कूटनीति मार्फत हुने कुराको ब्याख्या गरेका छन्। तर कुटनीतिको साइनो राजनीतिसँग नङ र मासुको जस्तै हुने गर्छ एक देशको राजनीतिक, सामाजिक, साँस्कृतिक, र अन्य बिबिध पाटाहरूको सरल सहज तरिकाले समाधान गर्न कुटनीतिको धेरै ठुलो महत्व हुन्छ। कूटनीति बराबर तहमा चलेको हुनुपर्छ। तर आज सम्म नेपाल र भारतको राजनीति र कूटनीति भारतको हेपाह प्रवृत्ति र संसारकै स्वतन्त्र देश नेपाललाई आफ्नो सुरक्षा छाता भित्र राख्न चाहने भारतको घिन लाग्दो हर्कतको पर्दाफास हुनुपर्छ।

सात क्लासमा पढ्दाखेरी विज्ञान बिषयमा बलको परिभाषा घोकाईन्थ्यो बल भनेको स्थिर अबस्थामा रहेको बस्तुलाई चालमा ल्याउने र चालमा रहेको बस्तुलाई स्थिर अबस्था ल्याउने चेष्टालाई बल भनिन्छ भनेर परिभाषा कण्ठ गर्नु पर्दथ्यो नेपालको राजनीतिमा त्यही बल लगाएर भारतले स्थिर अबस्थामा रहेको नेपाल सरकारलाई चालमा ल्याउने र चालमा रहेको नेपाल सरकारलाई स्थिर अबस्थामा ल्याई दिल्ली दर्शन गराएर बिदाई गर्ने प्रचलन बिगत बर्षोदेखी चल्दै आएको छ। त्यस्कै निरन्तरतामा नेपालको संबिधान २०७२ जारी भएर स्थानीय, प्रदेश,र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि बन्न लागेको नयाँ सरकार र भाबी प्रधानमन्त्रीको रुपमा हेरिएका नेकपा एमालेका अधक्ष केपी ओली ज्यूलाई प्राथमिकता दिएर गरिएको भारतीय बिदेश मन्त्री सुष्मा स्वराजको आकस्मिक नेपाल भ्रमणको गुदी र गुथी नेपाली जनताले खोतल्नुपर्छ।

नेपालका राष्ट्रवादी, राष्ट्रघाती, लम्पसारवादी, जे जे भनेर हिजोका दिनमा गीता पाठ गरेझै गाली दिन्थे ति सबै सबै राजनीतिक दलका नेताहरु सरकार निर्माणको पूर्व सन्ध्यामा स्वराजको आशीष थापेर दिन भरि राष्ट्रबादका कुरा गरी साझ परेपछी लैनचौरको दर्शन नगरि नसुत्ने लत बसेका नयाँ श्री ५ हरु अजम्बरी हुने आशामा मख्ख परि बस्छन् होला तर त्यो लैनचोरले नेपाली जनतालाई पटक पटक जिउदै मारेकोछ। दिल्लीले कयौन यो भन्दा पूर्बका सद्भाव भनेर गराइएका भ्रमणहरु नेपालको राजनीतिक इतिहासमा कालकूटको रुपमा दर्ज भएका छन्।

यस पटकको भ्रमण हिजोका कालकूट भ्रमण भन्दा पनि झन् खतरनाक रहस्यमय र गम्भिर छ। गम्भिर यसकारण कि एक देशको बिदेश मन्त्री बिना एजेन्डा सम्बन्ध सुधारको लागि भन्दै ब्यक्तिगत भ्रमण हो भनि अर्को देशमा जानू र त्यो देशको परराष्ट्र मंत्रालयलाई थाहै नहुनु स्वयं सरकार नभएर एक पार्टी वा कुनै अमुख दलले रात्रि भोज दिनु कूटनीतिको इतिहासमा लज़्ज़ाजनक बिषय हो। एउटा स्वतन्त्र देशका प्रधानमन्त्री भइसकेका ब्यक्तिहरु लाइन लागेर भेट गर्न जानू त्यो देश र जनताको अपमान पनि हो।

नेपालको संबिधान २०७२ अशोज ३ गते जारी हुनु पूर्ब भारतीय प्रधानमन्त्रीका विशेष दुत बनेर नेपाल आएका बिदेश सचिव यस जयशकरले संबिधान जारी नगर्न दिएको दबाब धम्कि र त्यो नमाने वाफत भारतले लगाएको नाकाबन्दी नेपाली जनताले भुलेका छैनन्।

नेपालको संबिधान २०७२ जारी भए पछि भारतको बिदेश मंत्रालयले कयौन विज्ञप्ति निकालेर असहमति मात्रै जनाएन अन्तराष्ट्रिय जगतलाई समेत तानेर भारतीय प्रधानमन्त्री मोदीले संयुक्त विज्ञप्ति निकालेर नेपाललाई अनावश्यक दबाब दिएर झुकाउने प्रयास गरेका थिए। बाहिरपट्टी मुकुण्डों जस्तै देखाउनलाई मधेशको माग समाधान भएन भनी मधेशीहरुलाई पर्दामा देखाए पनि भित्र चाही भारतले पोका,पोका बनाएर जहरुलाल नेहरू, सरदार बल्लभ भाई पटेल देखी नरेंद्र मोदी सम्मन आई पुग्दा कति पोका सेभेन रेसकोर्स रोड मोदीको कार्यालयमा छन् ? कति पोकाहरु दिल्लीको साउथ ब्ल्याक र कति पोका हरु लैनचोर सम्मन पुगेका छन् हामी नेपालीहरुलाई अत्तो, पत्तो छेउ र भेउ पनि छैन तिनै कालकुटका पोका मध्येको एक पोका थियो नेपालको संबिधान २०७२ मा भूगोल र जनसंख्याको आधारमा वितरण गरिएको निर्वाचन क्षेत्र जनसंख्याको आधारमा हुनेछ भनि संबिधान जारी भएको नौ दिनमै जनसंख्याको आधारमा निर्वाचन क्षेत्र बनाउ भनि संशोधन प्रस्ताब संसदमा दर्ता हुनु र नेपालको अहित हुने खालको सोही संशोधन प्रस्ताब पारित हुनु।

आज नेपालमा बाहिरबाट हेर्दा ठुलै परिवर्तन भए जस्तो लागे पनि जून सक्तिले माओवादीलाई नौ बर्ष सम्मन पालेर बाह्रबुदे मार्फत राजनीतिको रिमोट आफ्नो हातमा राख्न सफल भयो। नेपाललाई त्यही रिमोट कन्ट्रोल भित्र राखीराख्न यो अनैतिक भ्रमण नेपाली जनताको लागि घातक साबित हुन सक्छ।

अचानक बामगठबन्धन बनेर चुनावको परिणामबाट झस्केको भारत पुनः नयाँ चरणमा प्रबेश गरेको नेपाल आफ्नो कंट्रोलबाट बहिर जान नदिन सरकार निर्माणको पूर्ब सन्ध्यामा गरिएको यो अनैतिक भ्रमण भोलीका दिनमा नेपाल र नेपाली जनताका लागि दुर्भाग्य हुन सक्छ ।

संबिधान जारी भए पछि तीनवटै निर्वाचन सम्पन्न भएर प्रदेश सरकार र केन्द्र सरकार निर्माणको पूर्ब सम्मुखमा गरिएको यो आकस्मिक भ्रमण र नेकपा एमालेका अधक्ष केपी ओली भारतीय नाकाबन्दीदेखी चीन नजिक भनि भइरहेको विश्लेषण र अब बन्ने सरकारका प्रधानमन्त्रीको रुपमा हेरिएका पात्रलाई केन्द्र बिन्दु बनाएर गरिएको यो भ्रमण गम्भीर खालको छ।

यो आकस्मिक भ्रमणले नेपाली राजनीतिमा २०७४ अशोज १७ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको पूर्ब सन्ध्यामा अप्रत्याशीत रूपले राष्ट्रिय सभागृहबाट नेकपा एमाले र माओवादी केन्द्र बीच चुनावमा गठबन्धन र चुनाव सम्पन्न पछि एउटै कम्युनिष्ट पार्टी निर्माण गर्ने छ बूदे सम्झौता गरिएको थियो अहिले त्यो सम्झौता पार्टीको सत्ता र सरकारी सत्तामा भाग बन्डा नमिल्दा अलपत्र छ त्यस्को लागि सुष्माले कुन सूत्र दीइन त्यो कुरा सुष्मासँग वान वान भेट वार्ता गरेका खड्ग प्रसाद शर्मा र पुष्पकमल ज्यू जानून जान्न पाउने अधिकार नेपाली जनताको हो।

जे जे कुरा भए पनि ति वार्ताकारहरूको बोली ब्याबहार र भोलिको दिनमा तिनीहरुले लिने बाटोले बताउदै जाला तर स्वराजको अकस्कमिक नेपाल भ्रमणले सयौ शंका र उपशंकाहरू जन्माएको छ। सुष्मा स्वराजको आकस्मिक नेपाल भ्रमण भित्र लुकेको कालो रहस्य र सुष्माको नेपाल भ्रमणको पर्दाफास भोली हुदैजाला !

प्रतिक्रिया दिनुहोस्