बुढानिलकण्ठ १२ मा नेकपा एमालेको बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न



काठमाडौं, २० माघ
आज एक कार्यक्रमको बीच प्रदेस सभामा निर्वाचित भएका प्रदेस सभा सदस्यहरुलाई नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं १२ ले  बधाई तथा शुभकामना दिएको छ ।

नेकपा एमालेका केन्द्रिय सदस्य डा. राजन भट्टराई प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा काठमाडौं क्षेत्र नं ४ प्रदेस (ख) बाट निर्वाचित प्रदेस सभा सदस्य कुसुम कुमार कार्की र काठमाडौं क्षेत्र ५ प्रदेस (ख) बाट निर्वाचित प्रदेस सभा सदस्य दीपक निरौलालाई शुभकामना तथा बधाई ज्ञापन गरिएको थियो ।

नेकपा एमाले बुनापा १२ का अध्याक्ष पुरुषोत्तम नेपालको अध्यक्ष्यतामा संचालित कार्यक्रममा नेकपा एमाले प्रदेस नं ३ का सदस्य सुन्दर पुर्कुटी, काठमाडौं जिल्ला कमिटि सदस्यहरु निर्मल देउला, विदुर विक्रम खड्का, मिठाराम अधिकारी, केन्द्रिय सम्पर्क समन्वय कमिटि सदस्य केदारराज पुडासैनी, नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष भवानी दाहाल, वडा नं १२ का अध्यक्ष शम्भु भट्टराई, वडा नं १० का अध्यक्ष नवराज भट्टाराई सहित क्षेत्रीय कमिटिका सदस्य तथा सल्लहाकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वडा नं १२ मा बाम गठबन्धनले बहुमत प्राप्त गरेकोमा सबै मतदाता र कार्यकर्ताहरुलाई अध्यक्ष पुरुषोत्तम नेपालले बधाई तथा धन्यवाद दिएका थिए । उनले जनताको हितमा हुने हरेक किसिमका कामहरुमा आगामी दिनमा प्रदेशमा निर्वाचित सांसदहरुसंग सहकारी गरेर विकास निर्माण लगायतका कामहरु गर्ने बताएका थिए ।

क्षेत्रका सबै किसिमका बिकासका कामहरु गर्न आफु तयार रहेको र त्यसको लागि प्रत्येक वडाहरुले सके १/१ महिना नसके २/२ महिनाको कार्यक्रमको प्याकेज बनाएर ल्याउन सांसद कुसुम कुमार कार्कीले सल्लाह दिए । जसको लागि डा. भट्टाराई र आफु सदैब छलफल गर्दै अगाडी बढ्ने समेत कार्कीले बताए ।

नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं १२ कमिटिका उपाध्यक्ष शंकर भट्टराईले स्वागत मन्तव्य राखेका उक्त कार्यक्रम सचिव रामशरण सापकोटाले संचालन गरेका थिए ।

तस्बिर : पुण्यराज पुडासैनी

प्रतिक्रिया दिनुहोस्