थाहा पाऊनुहोस् ! को थियो धर्तिको पहिलो मानव र कसरी भएको थियो जन्म ?



पुर्विय सभ्यता अर्थात् हिन्दू धर्मको पुराणको अनुसार दुनियाको पहिलो व्यक्तिको नाम ‘मनु’ थियो । तर पश्चिमी सभ्यताले भन्छ दुनियाको पहिलो व्यक्ति ‘एडम’ थियो ।

हिन्दू पुराणमा भनिएको छ की मनुको रचना भगवान ब्रह्माले गरेका थिए। यो मान्य गरिन्छ की भगवान ब्रह्माले दुई मानिस (स्त्री र पुरुष) बनाएका थिए, यसमा एउताको नाम थियो ‘मनु’ र अर्काको नाम थियो ‘शतरूपा’।

दुनियामा जति पनि मनिसहरु छन् यी सब मनु र शतरुपाका सन्तानहरु हुन् ।

पुराणहरुमा बताईए अनुसार जब ब्रह्माले देवताहरु, असुरहरु र पित्रहरु निर्माण गरेका थिए । त्यसपछि ब्रह्माले आफुलाई शक्तिहीन महसूस गर्न लागे । त्यसपछि उनलाई कुनै उपाए आइरहेको थिएन कि अब के बनाऊ ।

त्यसपछि उही समयमै उनको शरिरभित्रबाट एक काया उत्पन्न भयो । त्यो काया उनि जस्तै देखिने छायाँ जस्तै थियो । यसैलाई नै संसारको पहिलो मानव ‘मनु’ भनियो।

पश्चिमी सभ्यताको पहिलो मानव ‘ऐडम’

पश्चिमी सभ्यताका अनुसार बाइबलमा पनि ईश्वरको शरीरबाट एक छायाँको जन्म हुन्छ । र, त्यसको नाम ‘एडम’ राखिन्छ । एडमसँगै यता हिन्दु धर्ममा भगवान ब्रह्माले ‘शतरूपा’ बने जस्तै गरी पश्चिमी सभ्यतामा पनि ‘एम्बेला’ अर्थात् (इभ) नामकी एक स्त्रीको जन्म भएको मान्यता छ । एक स्त्रि र पुरुष, यो कुरा दुवै सभ्यतामा समानता नै पाईन्छ ।

प्रतिक्रिया दिनुहोस्