यो कस्तो सोख ! जसलाई देखेर मानिसहरु छक्क पर्छन (फोटो फिचर)



एजेन्सी : मानिसहरुले आफ्नो फिगरको तारिफ गरुन भनेर संसारका सबै केटी पतलो देखिन चाहन्छन् । भनेज्वेलाकी मोडल एलेइरा एजेन्डानो ले आफ्नो फिगर यसरी मेन्टेन गरेकी छन् की उनलाई देखेर मानिसहरु छक्क पर्छन ।शरिरका अन्य अंग मोटै देखिएपनि कम्मर भने निकै पातलो छ । ६ बर्षको कडा मेहनतपछि उनको कम्मर यस्तो भएको हो । संसारकै सबैभन्दा अलग देखिका उनले आफ्नो कम्मर २० इन्चको बनाएकी छन् ।

पातलो कम्मर बनाउनका लागि उनले २३ घण्टा टाइट कपडा लगाउथिन् । उनले २० पटक भन्दा बढी सर्जरी समेत गराएकी छन् । १९ बर्षको उमेरमा उनले पहिलो पटक छातीको सर्जरी गराएकी थिइन् । उनी परफेक्ट फिगरका माध्यमबाट संसारभर चिनिनँ चाहेको बताउँछिन् । आफ्नो फिगरसँग गहिरो प्रेम भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्