बिहेपछिको पहिलो ‘भ्यालेन्टाइन डे’ विराटलाई छाड्दै बरुणसँग मनाउँदै अनुष्का



काठमाडौँ, २० माघ
भर्खरै भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीसँग बिहे गरेकी अभिनेत्री अनुष्का शर्माले आफ्नो बिहेपछिको पहिलो भ्यालेन्टाइन डे विराटसँग मनाउने छैनन् । उनको बिहेपछिको पहिलो भ्यालेन्टाइन डे अभिनेता बरुण धवनसँग बित्नेछ ।

यसको सबैभन्दा ठूलो कारण हो अनुष्काको आउँदै गरेको फिल्म सुई धागा । यो फिल्मको सुटिङ भ्यालेन्टाइन डेको दिन सुरु हुँदैछ । यो दिन उनी सफल्मका हिरो बरुण धवनसँग हुनेछिन् । विराट भने अहिले दक्षिण अफ्रिकासँग वन डे क्रिकेट खेलिरहेका छन् र उनको सिरिज भ्यालेन्टाइन डेसम्म सकिने छैन । अनुष्का अहिले यही फिल्मको लागि कढाइ गर्न सिकिरहेकी छिन् । यसको लागि उनले क्लास लिन पनि सुरु गरिसकेकी छिन् ।

हालै अनुष्काको एउटा फोटो सार्वजनिक भएको थियो जसमा उनी कढाइ गरिरहेकी देखिएकी थिइन् । फिल्ममा अनुष्काको अपोजिट रोल गरिरहेका बरुणको पनि फोटो सार्वजनिक भएको थियो । यसका उनी सिलाइ मेसिन चलाइरहेका देखिएका थिए । यो फिल्म २८ सेप्टेम्बरमा रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्