मनको पीडा



आँखा भरी आँशु, लुकाएर बसेँ
मन भरी आशा, सजाएर बसेँ
कोही मित्रजनहरुले(साथ देला कि भनि, साथ देला कि भनि ।)२

होलान कति मित्रहरु, मेरो मनकोपीडा बुझ्ने।
तर कुनै माध्यम भएन, त्यहाँसम्म कुरा पुग्ने।।
आसै आसको महासागरमा, यो मन त्यसै रोमलिरह्यो।
आज भोलि भन्दा भन्दै, जीवन त्यसै सकिगयो, जीवन त्यसै सकिगयो।।

आँखा भरी आँशु, लुकाएर बसेँ
मन भरी आशा, सजाएर बसेँ
कोही मित्रजनहरुले, (साथ देला कि भनि, साथ देला कि भनि ।)२

प्रयासहरु धेरै गरेँ, निकास कतै निस्किएन ।
पूजा पाठ धेरै गरेँ, ईश्वर दाहिने भइदिएन ।।
छटाइँ फटाइँ दायाँ बाँया, गर्न कहिल्यै जानिएन ।
सोझो मनको वेदनालाई, बुझ्ने कोही पाइएन ।।

आँखा भरी आँशु, लुकाएर बसेँ
मन भरी आशा, सजाएर बसेँ
कोही मित्रजनहरुले, (साथ देला कि भनि, साथ देला कि भनि ।)२

बिते मेरा ती दिनहरु, पागल पनै सरी ।
बैरीहरु कुरा काट्छन्, मुटु फुट्ने गरी ।।
गरीबीको चपेटामा, निक्कै संघर्ष गरिन्।
आँसु झार्दै बन्धन तोड्ड, उनी बाध्य भइन्, उनी बाध्य भइन्।।

आँखा भरी आँशु, लुकाएर बसेँ
मन भरी आशा, सजाएर बसेँ
कोही मित्रजनहरुले, (साथ देला कि भनि, साथ देला कि भनि ।)२

Bindas Bro # 9841392087
[email protected]

प्रतिक्रिया दिनुहोस्