फिलिपिन्समा साम्राज्ञीसंग आर्यनको रोमान्स



काठमाडौँ, २० माघ
हाल फिलिपिन्समा फिल्म ‘कायरा’को छायाँकन भइरहेको छ । चकलेट नायक आर्यन सिग्देल र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भुमिकामा देखिदै छन् । यसै विच फिल्म कायराको एक तस्विर बाहिरिएको छ ।

सार्वजनिक तस्विरमा समुन्द्री तटमा आर्यन र साम्राज्ञी रोमान्टिक मुडमा देखिएका छन् । आर्यनको घाटीमा गितारवाला ट्याटु देख्न सकिन्छ । यस ट्याटुबाट आर्यन संगीत क्षेत्रमा लागेको युवाको भुमिकामा देखिन लागेको अनुमान लगाउन सकिन्छ ।

आर्यन र साम्राज्ञीको जोडीलाई पर्दामा हेर्न दर्शक आतुर छन् । यसैबिचमा सार्वजनिक भएको यस तस्विरले पनि दर्शकमा झन कौतुहल्ता बढाएको छ । यस फिल्मको लागि साम्राज्ञीले १० लाख पारिश्रमिक लिएकी छिन् ।

आर्यन सिग्देल आफैले निर्माण गर्न लागेक यस फिल्मलाई लक्ष्मण रिजालले निर्देशन गर्दैछन् । फिल्मको पूर्ण छायाँकन फिलिपिन्समा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्