भारतीय विदेश मन्त्री स्वराज राष्ट्रपति भण्डारीबीच भेटवार्ता



काठमाण्डौं, १९ माघ

दुई दिने भ्रमणका लागि काठमाडौं आएकी भारतीय विदेश मन्त्री सुष्मा स्वराजले राष्ट्रपति विद्या भण्डारीसँग भेटवार्ता गरेकी छिन् ।

उनीहरुबीच राष्ट्रपति कार्यालय शितलनिवासमा भेटवार्ता भएको हो ।

राष्ट्रपति भण्डारी र भारतीय विदेशमन्त्री स्वराजबीच नेपाल–भारत सम्बन्धका साथै पारस्परिक हितका विविध विषयमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्