नेपाल विश्व पर्यटन आकर्षणको केन्द्रबिन्दु : प्रधानमन्त्री



काठमाडौँ, १८ माघ

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विश्व पर्यटन आकर्षणको केन्द्रबिन्दु भएको बताए ।

नेपाल पर्यटन व्यवसायी संघको बृहत् भेलालाई आज यहाँ सम्बोधन गर्दै उहाँले सर्वोच्च शिखर सगरमाथा, भगवान् गौतमबुद्धको जन्मस्थल तथा भौगोलिक विविधतायुक्त नेपाल विश्व पर्यटनका लागि आकर्षणको केन्द्रबिन्दु भएको पनि बताएका थिए ।

“नेपाल विश्वकै रमणीय र सुन्दर देश हो, मैले यति सुन्दर देश कहीँ पनि देखेको छैन, यस्तो सुन्दर देशमा पर्यटकको आकर्षण बढ्ने कुरा स्वभाविक हो,” प्रधानमन्त्री देउवाले भने – “पर्यटक नेपाल आउन चाहन्छन् र आइरहेका पनि छन् तर अझै पर्यटकलाई दिनुपर्ने सुविधा अपुग छ, खर्चालु पर्यटकका लागि राम्रो बास र सुविधा दिनसके अझै पर्यटक बढ्छन् ।”

उनले नेपाल जस्तो सुन्दर देशमा जतिसक्दो बढी पर्यटकलाई आकर्षण गर्नसके त्यति नै विदेशी मुद्रा भित्रिने बताउँदै पर्यटकको स्वागत, सत्कार र गुणस्तरीय सेवालाई व्यवसायीले विशेष ध्यान दिनुपर्नेमा समेत जोड दिए ।

 

प्रतिक्रिया दिनुहोस्