तामाङको स्वास्थ्य स्थितिबारे जानकारी



काठामाडौँ, १९ माघ : राष्ट्रपति विद्यादेवी भण्डारीका सञ्चारविज्ञ माधव शर्माले फुल्चोकीमा हाइकिङमा जाँदा बेपत्ता भई सात दिनपछि भेटिएका बालक जोन तामाङको स्वास्थ्य स्थितिका बारेमा आज जानकारी लिनुभएको छ ।

बिएण्डबी अस्पतालमा पुगेर शर्माले तामाङको स्वास्थ्य स्थितिबारे जानकारी लिनुभएको हो । तामाङलाई यही माघ १७ गते बेलुका फुल्चोकीको जंगलमा फेला परेर उपचारका लागि बिएण्डबीमा राखिएको छ ।

थसिखेलस्थित अजय शिक्षा सदनमा अध्ययनरत १७ वर्षीय जोन तामाङ माघ ११ गते बिहीबारदेखि हराएका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तीनैवटा सुरक्षा निकाय तथा अभिभावक संगठन, प्याब्सन र आफन्तले तामाङको खोजीमा लागेका थिए ।

प्रतिक्रिया दिनुहोस्