
काठमाडौं, १९ माघ
नेपाली राष्ट्रिय भलिबल टिमले मकाउको राष्ट्रिय टिमविरुद्ध सजिलै जित हात पारेको छ । हङकङको राष्ट्रिय टिमसंग दुई मैत्रीपूर्ण खेलपछि मकाउ पुगेको नेपाली टिमले त्यहाँको राष्ट्रिय टिमसँग पनि ३–० को सेटमा सहज जित निकाल्यो ।
पहिलो पटक मकाउको राष्ट्रिय टिमसँग मैत्रीपूर्ण खेल खेलेको नेपालले पहिलो सेट २१–१३ ले जित्दा दोस्रो सेट २१–१७ ले आफनो पक्षमा पार्यो ।
तेस्रो सेटमा पनि मकाउ विरुद्ध हावी हुँदै नेपालले बाजी मार्न सफल भयो । तेस्रो सेट नेपालले २५–१७ ले आफ्नो पक्षमा परेको हो । करीव एक साताको बैदेशिक भ्रमणका लागि हङकङ र मकाउ रहेको नेपाली टिम भोली राति स्वदेश फर्किनेछ ।