धनकुटामा पाख्रीवास कृषि क्याम्पस संचालन हुँदै



धनकुटा, १९ माघ

यो सवै कृषकहरुको निम्ति खुसीको खवर हो। समग्र पूर्वेली र १ नं प्रदेशको जनसमुदायको निम्ति अर्को ऐतिहासिक सफलता मिलेको छ।
कृषि तथा बन बिज्ञान विश्र्वविध्यालय अन्तर्गत धनकुटा जिल्लाको पाख्रिवासमा पाख्रीवास कृषि क्याम्पस (Pakhribas College Of Natural Resource )मा यहि शैक्षिक शत्र २०७५ बैसाखवाट नियमीत पठनपाठन हुने भएको छ।

तत्कालीन प्र.म. तथा विश्र्वविध्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको कृ.व.वि.वि. सिनेटको बैठकले पाख्रीवासमा कृषि क्याम्पस संचालनको लागी अनुमति प्रदान गरेको थियो । जग्गा र अन्य प्रकृया पुरा गर्न केही समय लाग्यो । सबै प्रकृया पुरा गरेपछि कृषि तथा बन विश्वविध्यालयले सूर्यमणी ढुड़्गानालाई पाख्रीवास कृषि क्याम्पसको प्रमुख (Campus chief) मा नियुक्ति गरेको छ। अब चाडै कृषि तथा बन विश्वविध्यालयको एड्मीसन(भर्ना) खुल्ला हुनेछ।
पाख्रीवास कृषि क्याम्पसको निम्ति धनकुटाका दुवै क्षेत्रका तत्कालीन सभाषद स्वर्गीय हरिराज खेवाले धेरै नै दौडधुप गरेका थिए । यो सफलतामा स्व. हरिराज खेवाको ठुलो हात छ ।

तत्कालीन शिक्षा मन्त्रिहरू गिरिराजमणी पोखरेल र डि.आर. पौडेल एवं शिक्षा राज्यमन्त्रि धनमाया वि.क. (स्वकीय सचीव हेमचन्द्र किराती )को पनि बिशेष भूमिका रहेको छ  । क्याम्पसको निम्ति सर्वदलीय संयन्त्रका प्रमुख, पछि मन्त्रालयले तोकेको स्थानीय प्रतिनिधि र हाल क्याम्पस ब्यवस्थापन समितिका संयोजक कृष्ण कटुवालको सहयोग अतुलनीय थियो  । त्यसैगरी १०५ रोपनि भन्दा बढी जग्गा समयमै ऊपलब्ध गराऊन सहयोग गर्नुहुने पाख्रीवासका स्थानीय जनसमुदायहरू, पाख्रीवास न.पा. का स्थानीय तहका जनप्रतिनिधिहरू, कूनै न कूनै रूपमा सहयोग गर्नुहुने पूर्व र हालका सबै माननीय ज्यूहरू, धनकुटामा कृयाशील प्रमुख राजनीतिक दलका प्रतिनिधिहरु , कृषि, स्थानीय ,शिक्षा , बन ,अर्थ र धनकुटा स्थानिय प्रशासनका संम्पूर्ण कर्मचारीहरूले पनि आ आफ्नो ठाँउबाट सक्दो पहल गरेका थिए ।

एऊटा ठूलो सरकारी विकास वा अन्य परियोजना गाऊ लैजान कति कठीन छ भन्ने भूक्तभोगीहरूलाई न थाहा हुन्छ। तर निरंतर लागीपरेपछि सफलता मिल्दोरहेछ। लामो भगीरथ प्रयत्न सफल भएकोमा धनकुटेलिहरु ज्यादै खुसी छन् ।

प्रतिक्रिया दिनुहोस्