सपिङ भन्दा धेरै सेक्सको बारेमा सोच्छन् महिलाहरु



एजेन्सी, सामान्यतय हामीलाई लाग्छ कि पुरुषहरु धेरै समय यौनको बारेमा सोच्छन् भने महिलाहरु सपिङको बारेमा । त्यस्तै महिलाको बारेमा हामीलाई लाग्छ, उनीहरु यौन भन्दा धेरै घुमफिर, सपिङ र टिभी हेर्न रुचाउँछन् । तर यस्ता बुझाई सत्य होइन । महिलामा यौनप्रतिको रुचि पुरुषमा भन्दा धेरै हुन्छ, जति भोक लागेको बेला खानाको आवश्यकता पर्दछ ।

हिरा, सुनचाँदी जस्ता गहनामा पनि महिलाको आकर्षण हुन्छ तर संसारमा अरु जुनसुकै विषयभन्दा सेक्सको चाहना बढी हुन्छ । केही महिलाहरु लाजको कारण यसबारेमा खुल्दैनन् । तर तथ्य त तथ्य नै हो । सामाजिक परम्परा, लाज आदिका कारण महिलाहरु यसबारेमा नखुले पनि पुरुषहरु यसको बारेमा सधैं चनाखो हुन जरुरी छ ।

यसकारण पनि पत्नी वा प्रेमिकालाई कुनै पनि कुरा भन्न डर लाग्ने वातावरण सिर्जना गर्नुहुन्न । उनीहरुले सबै कुरा शेयर गर्न सक्ने वातावरणको सिर्जना गर्नुपर्दछ । यस्तो वातावरण बनोस् कि यौनको बारेमा पनि महिलाले नै प्रस्ताव राख्न सकून् । यो पनि ध्यान दिनुपर्दछ कि अफिसको तनाव घरमा भित्र्याउनु हुन्न । सधैं महिलालाई दवाउने वातावरणले विभिन्न दुर्घटना घट्न सक्छ । भनिन्छ नि, डराउँदा डराउँदा कुनै डर नै बाँकी नरहने अवस्था हानीकारक हुन्छ ।

कहिलेकाँही उमेरको अन्तर धेरै हुँदा पनि खुलेर कुरा गर्न नसक्ने वातावरण हुनसक्छ । यसकारण पनि पार्टनरको रुचि वा चाहनामा ध्यान दिँदै हार्दिकतापूर्ण वातावरण सिजर्ना गर्न सक्नुपर्दछ । शंका कुनै पनि सम्बन्धको लागि खतरनाक हुन्छ । यसकारण आफ्नो पार्टनरलाई यति विश्वास गर्नुहोस् कि उनले चाहेर पनि धोका दिन नसकून् । यसो गर्दागर्दै पनि तपाईंलाई लाग्छ कि पार्टनरले धोका दिइरहेको छ, यस्तो अवस्थामा झगडा गर्नुभन्दा त्यसपछिको कारण पत्ता लगाउने प्रयत्न गर्नुहोस ।

यौन चाहना अत्याधिक हुँदाहुँदै पनि महिलाहरु सामान्यतः आफ्नो इच्छा सजिलै अभिव्यक्त गर्न सक्दैनन् । तर तपाईंले त्यो कुरा बुझ्दै उनको भावनाको सम्मान गर्न कहिल्यै पछि पर्नु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्