तीन करोडको नेपालीको आवाजमा नेपाल आएकी सुष्मा स्वराजलाई यसरी थर्काए रबि लामिछानेले (भिडियो)



काठमाडौं, १९ माघ

भारतीय विदेश मन्त्री सुष्मा स्वराज अपरझट नेपाल आइपुगेकी छन् । विभिन्न राजनीतिक व्यक्तित्वहरुसँग उनको भेटघाट तय भएको छ ।

इकोनोमिक ग्रोथको हिसाबले विश्वको महाशक्ति राष्ट्र बन्दै गरेको भारतसँग दोस्ती गर्ने हाम्रो हैसियत नपुग्ला, दुष्मनी गर्न तागत नपुग्ला तर व्यापार गर्न र आफ्नो स्वाभिमानमा चट्टान झँै खडा हुन कुनै माईकालालले रोक्न सक्दैन् ।

हाम्रो देशका धेरै नेताहरु ऋाज पनि विदेश मन्त्री ज्युको दर्शन गर्न पाउनु र धनुष्टंकार भएर नमष्कार टक्राउनु पाउनुलाई नै आफ्नो राजनीतिक जीवनको सफलता मान्छन् ।

हाम्रो नेताले भन्लान जस्तो नलागेर केही कुरा माननिय मन्त्री सुष्मा स्वराज ज्युलाई भन्न चाहन्छाँै । कुटनीतिक शिष्टाचारका नाममा तपाईसँग आफ्ना मुद्धा राख्न नसकेर हाम्रा प्रतिनीधिहरु ठिक हे, हाम करेगां, हाम गरेगां मात्र भनेर बर्षौसम्म थर्कमान भए होलान भन्ने हाम्रो शंका छ ।

दुतावासमा प्रतिनिधीहरुले यो भनाइलाई उल्था गरेर सुनाइदिनुहोला । माननिय मन्त्री सुष्मा स्वराज ज्यु, नेपाल भारतको मित्र राष्ट्र हो, बराबर हैसियत राख्ने स्वतन्त्र स्वाधीन, सार्वभौमी राष्ट्र ।

छोटा भाइ, बढाभाइ भन्ने हुँदैन । १९५० मा भएको संधी असमान छ त्यसलाई पुन विचार मात्र होइन पुन लेखन र पुन हस्ताक्षर गर्नुपर्छ ।

हेर्नुहोस रबि लामिछानेको दमदार आवाज

प्रतिक्रिया दिनुहोस्