तपाई कस्तो स्वभावको व्यक्ति ? तपाइको हाँस्ने तरिकाबाटै थाहा हुन्छ



मन्द मुस्कानसहित हाँस्ने व्यक्ति
कुनै व्यक्ति यस्ता पनि हुन्छन्, जो जतिसुकै हाँस्ने कुरा भए पनि मन्द मुस्कान मात्रै दिन्छन् । जो व्यक्ति यसरी मुस्कुराउँछन् मात्रै उनीहरु बुद्धिमानी र गम्भीर प्रवृत्तिका हुन्छन् । यस्ता व्यक्ति छिट्टै रिसाउँदैनन् साथै कठिन समयमा धैर्यताका साथ काम गर्छन् ।

रोकिएर हाँस्ने व्यक्ति
केही व्यक्ति हाँस्न पनि कन्जुस्याइँ गर्छन् । अर्थात् बीचमा रोकिएर हाँस्छन् । यस्ता व्यक्तिको बौद्धिक क्षमता सामान्य हुन्छ । यस्ता व्यक्ति विवेकको सट्टा भावनाले निर्णय लिन्छन् । यस्ता व्यक्तिमा कुनैपनि चीजको बचत गर्ने बानी भने विशेष प्रकारले भरिएको हुन्छ ।

खित्का छाडेर हाँस्ने व्यक्ति
जो व्यक्ति हाँस्न कन्जुस्याइँ गर्दैनन् अर्थात् खित्का छाडेर हाँस्छन्, यस्ता व्यक्ति उत्साही प्रवृत्तिका हुन्छन् । यस्ता व्यक्तिको बौद्धिक क्षमता उच्च हुन्छ । यस्ता व्यक्ति सहनशील हुनुका साथै मनमा कुनै पनि प्रकारको छलकपट हुँदैन । आवश्यक परेको समयमा मानिसको सहयोग गर्न सदैव तयार रहन्छन् ।

जोड–जोडले आवाज निकालेर हाँस्ने व्यक्ति
कुनै व्यक्ति यस्ता हुन्छन्, जो हाँस्ने बेला जोड–जोडले आवाज निकाल्छन् । यस्ता व्यक्ति स्भाभिमानी र परिश्रमी हुन्छन् । यस्ता व्यक्ति जीवनमा सफल पनि हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्