को बन्ला प्रदेश १ को मुख्यमन्त्री ?



काठमाडौं, १८ माघ

प्रदेश न १ प्रदेश सभाको पहिलो बैठक नजिकिदै जादा यसका आकाक्षी बिचको रसाकस्सी बढेको छ । बामगठबन्धन बिच नेकपा एमालेको भागमा परेको प्रदेश न १ मा स्पष्ट बहुमतमा छ । नेकपा एमालेले संसदिय दलका नेता सके सम्म सहमतीमा र सहमती नभए बहुमतीय आधारमा छान्ने स्थायी कमिटिले निर्णय गरे सकै नेताहरु समिकरण र धुव्रिकरणमा लागेका छन् । प्रद्श न १ बाट नेकपा एमालेका भिम आचार्य र शेरधन रार्इ प्रतिस्पर्धामा छन् भने केहि दिन अघि जिवन घिमिरेले समेत आफ्नो उम्मेदवारी घोषाणा गरेका छन् ।

बदलिदै समिकरण

प्रदेश १ का संयोजक एवं पार्टी सचिव भीम आचार्यले प्रदेशसभामा आफूले टिकट दिएका र समानुपातिकमा राखेकाहरु धेरैले जितेका कारण चुनाव हुँदा आफुले जित्ने पोजिशन नेताहरुलाई सुनाएका छन् ।

जबकि माधव नेपाल पक्षकै नेता जीवन घिमिरेले सो पक्षबाट आफू पनि मुख्यमन्त्रीको उम्मेदवार बन्ने भन्दै आचार्यलाई स्वीकार नगर्ने बताइसकेका छन् । घिमिरेले पनि उम्मदेवारी दिए भने माधव नेपालपक्षको भोट बाँडिने छ र ओली पक्षका शेरधन राईलाई फाइदा पुग्ने छ ।

प्रदेश १ मा एमालेका ५१ सांसद छन् । गुटका आधारमा माधव नेपाल पक्षको संख्या बढी भए पनि भीम आचार्यलाई नेपाल पक्षले नै भोट नदिने कतिपयले बताइसकेका छन् ।

स्थानीय चुनावका बेला उम्मेदवार उठाउन पैसा लिएको आरोप आचार्यमाथि लागेको छ । नेपाल पक्षकै नेतासँग पैसा मागेको प्रमाण कोटेश्वरमा पुगेपछि माधव नेपालसमेत आचार्यको सन्दर्भमा अहिले बोल्न सकेका छैनन् ।

माधव नेपाल खनाल पक्षका मोरङका जीवन घिमिरे, राजकुमार ओझालगायत ८ जना सांसदले भीम आचार्यलाई मत नदिने बताइसकेका छन् । नेपाल पक्षकै राजेन्द्र राई, राजन राई लगायतका सांसदहरु खुलेका छैनन् । नेपाल पक्षकै पाँचथरका गणेश काङवाङले आचार्यलाई समर्थन नगर्ने बताइसकेका छन् ।

राजेन्द्रले चुनावकै बेला शेरधन मुख्यमन्त्री भनेर भोट मागेकाले अहिले भीम आचार्यको पक्षमा उभिन नमिल्ने आफू निकटहरुलाई बताएका छन् । चुनाव भएको अवस्थामा शेधरनको पक्षमा ५१ मध्ये ३० सांसद पुग्न सक्ने स्रोतको दावी छ । एमालेमा दलको नेता जित्न २६ मत भए पुग्छ ।

भीम आचार्य, शेरधन राई र जीवन घिमिरे तीनै जनाले चुनाव भएमा आफूले जित्ने दाबी गरेका छन् । काठमाडौंमै भेटिएका घिमिरेले माधव नेपाल पक्षबाट आफू उम्मेवार हुने बताए । उनले भीम आचार्यले माधव नेपाल र झलनाथ खनाल पक्षको सबै मत नपाउने दावी गरे ।

 

 

प्रतिक्रिया दिनुहोस्