महाभारतका दुर्योधन जस्तै प्रवृत्ति हावि गर्ने कोशिश नगर्नुस्



काठमाडौं, १८ माघ

अनेरास्ववियुका केन्द्रीय सचिव तथा चर्चित नेता सुदेस पराजुली जसको फेसबुक स्टाटस नै समाचार बन्छ । सचिव पराजुलीले अनेरास्ववियुमा यदाकदा नातावाद, कृपावाद र अनेकन विभेदपूर्ण ब्यावहार फष्टाउदै गएको कुरा आफ्नो सामाजिक संजालमा पोष्ट गर्नुभएको छ । हिजो बेलुकी फेसबुकमा एउटा स्टाटस लेख्दै पराजुली भन्छन् “भिरमा हिड्ने गोरुलाई राम राम भन्न सकिन्छ काँधै थाप्न सकिदैन” ।

पराजुली थप्छन् “अभिमन्यु जस्ता दिव्यास्त्रहरुको कमि नभएका युद्वकलामा पुर्ण रुपदेखि पारंगत र प्रविण मारिदैमा महाभारतमा पाण्डवले युद्व हारेनन् । ” हिजो तिर मात्रै अनेरास्ववियु काठमाण्डौतिर आयोजना गरिएको भेलामा त्यहाँ प्रमुख अतिथिमा बोलाएका प्रमुख वक्ताले आफ्नो समुहमा (हिजो वा भोलि) नभएका/ नलागेका / वा….. . अनेरास्ववियुका कार्यकर्तालाई चिन्दै नचिनेको मन्तव्य दिदै समुहवन्दीको खुल्लम खुल्ला चुनौति पेश गर्नु भएछ ।

पराजुली  भन्नुहुन्छ, प्रमुख अतिथिले नामै तोकि तोकि आलोचना गर्दै विभेदपुर्ण मन्तव्य दिदै संगठन भित्र महाभारतका दुर्योधन जस्तै प्रवृत्ति हावि गर्ने कोशिश गर्नुभएछ । दुर्योधनलाई आफ्नै उन्मात र घमण्डले समाप्त पर्यो, पराजित गर्यो । कार्यकर्ताले उहाँसंग वा उहाले नेतृत्व गरेको पदसँग केहि मागेको छैनन् मात्रै समान व्यवहारको अपेच्छा गरेका छन् । साच्चै यस्तै किसिमको उन्माहत बढ्दै जॉदा लिनु केहि छैन । हुने हुनेहरुकै धेरै गुम्ला, समय कसैको वसमा छैन ।

हेरौ पराजुलीको स्टाटस यस्तो छ :

प्रतिक्रिया दिनुहोस्