भारतीय विदेशमन्त्री काठमाण्डौमा : चिनियाँ राजदुत जनकपुरमा



१७ माघ, जनकपुर । नेपालका लागि चिनियाँ राजदूत यु होङ बुधबार जनकपुर गएकी छन् ।

भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण आउनु अघिल्लो दिन चिनियाँ राजदूत मधेसका जिल्लाहरुको भ्रमणमा निस्किएकी हुन् ।

बुधबार दिउँसो बिमानबाट जनकपुर ओर्लिएकी राजदूत होङले धनुषाधाम नगरपालिका- ३ र ४ मा गतबर्ष बाढीका कारण क्षति पुगेका स्थानहरुमा पुगेका १ सय ३० बाढी पीडित परिवारलाई राहत वितरण गरेकी छन् ।

जनकपुर उपमहानगरपालिकाका साथै जिल्लाका विभिन्न स्थानमा पुगेर ३ हजार ४ सय घरधरी बाढी पीडितलाई राहत वितरण गरिने यूएनडीपीका सञ्चार अधिकृत कोमल भट्टले जानकारी दिएका छन् ।

भोलि बिहीबार महोत्तरीको लोहरपट्टीमा राहत वितरण गर्ने छिन् । चीन सरकारको सहयोगमा लोहरपट्टी नगरपालिकामा २ सय ९० घरपरिवारलाई गौर खाध्य सामग्री राहत बितरण गरिने कार्यक्रम छ ।

जनकपुर बसाईका क्रममा राजदूत होङले राजनीतिक भेटघाट गर्ने बताइएको छ । तर, थप खुलाइएको छैन । चिनियाँ राजदूत होङसँगै यूएनडीपीका कन्ट्री डाइरेकटर रेनोड मेयर पनि छन् । (अनलाईन खबर)

प्रतिक्रिया दिनुहोस्