माधव नेपाल इरान प्रस्थान 



काठमाडौँ, १८ माघ
नेकपा (एमाले) का नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल माघ १७ मा इरान प्रस्थान गरेका थिए ।

इन्टरनेशनल कन्फरेन्स अफ एसियन पोलटिकल पार्टीजको सम्मेलनमा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेको पार्टीका प्रचार विभाग सचिव विष्णु रिजालले जानकारी दिए ।

इरानको राजधानी तेहरानमा यही माघ १९ र २० गते हुने सम्मेलनमा एसियाका ३०० भन्दा बढी राजनीतिक दल सहभागी हुँदैछन् ।

पूर्वप्रधानमन्त्री नेपालले मुलुकको राजनीतिक अवस्थाकाबारे सहभागी राष्ट्रका प्रतिनिधिलाई जानकारी गराउने छन् । नेपाल २२ गते स्वदेश फर्कने जानकारी समेत रिजालले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्