फेवातालको फोहोर तथा जलकुम्भी निकाल्ने मेसिन आईपुग्यो



पोखरा, १७ माघ
फेवातालबाट फोहोर र जलकुम्भी झार झिक्नका लागि पोखरामा मेसिन आईपुगेको छ ।

मंगलबार पोखरा ल्याइएको मेसिनलाई बुधबार फेवातालको बाराही घाटमा झारिएको पोखरा वडा नम्बर ६ का वडा सदस्य हरी पहारीले जानकारी दिए ।

सांसद रविन्द्र अधिकारीले निर्वाचन पूर्वाधार विशेष कार्यक्रम र पोखरा लेखनाथ महानगरपालिकाबाट ९२ लाख गरि १ करोड ४२ लाख रुपैयमा खरिद गरेको हो ।

फेवाताल पछिल्लो समय निकै फोहोर बन्दै गएको छ भने वर्षौदेखि जलकुम्भी फैलँदा कुरुप बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्