सोच नेपालद्धारा बुनपा ११ मा अन्तरक्रिया कार्यक्रम सम्पन्न



काठमाडौँ, १७ माघ
बुढानिलकण्ठ वडा नं. ११ कपनमा सोच नेपालद्धारा वडाको विकासका लागि स्थानीयवासी  तथा संघसंस्थाका प्रतिनिधिहरुसँग अन्तरक्रिया  कार्यक्रम सम्मन्न गरेको छ ।

कार्यक्रम वडा सदस्य विमल लामाको अध्यक्षतामा बसेको थियो । कृषि क्षेत्रलाई अगाडी बढाउन सरकारी जग्गामा थोरै कर तिरेर विभिन्न किसिमका फर्महरु खोल्न पाउनुपर्ने, फोहोर मैला व्यवस्थापन सहि ढंगले हुनुपर्ने लगायतको माग सहभागीले गरेका थिए । मागलाई वडा कार्यालयले पूर्ण रुपमा सहयोग गर्दै धेरै भन्दा धेरै  विकासको लागि वडा कार्यालयले आवश्यक आर्थिक सहयोग गर्ने समेत विमल लामाले बताए ।

कार्यक्रममा ११ नं. वडालाई अरु वडा भन्दा फरक रुपमा कसरी विकास गर्दै अगाडि बढ्न सकिन्छ भन्ने लगायतका विषयमा छलफल भएको थियो । छलफलमा स्थानीयहरुले धार्मिक, साँस्कृतिक र पर्यटकीय क्षेत्र बनाउदै होमस्टे चलाउन सक्ने चहाना समेत रहेको बताए ।

आयोजक सोच नेपालका प्रमुख कार्यक्रमहरुमा शिक्षा, स्वास्थ्य, कृषि र प्रकोप भएपनि स्थानियको माग अनुसार संस्थाले आवश्यक काम गर्ने उत्तम निरौलाले बताए ।

प्रतिक्रिया दिनुहोस्