प्रधानन्यायाधीशले ज्यान मार्ने धम्की दिएको भन्दै वरिष्ठ अधिवक्ताद्वारा सुरक्षाको माग



काठमाडौं, १७ माघ

प्रधानन्यायाधीश गोपाल पराजुलीले ज्यान मार्ने धम्की दिएको भन्दै वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले सुरक्षा माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् ।

डा.सुरेन्द्र भण्डारीले डा. गोविन्द केसीको पक्षमा वकालत गर्दै आएका थिए । सुरक्षाको माग गर्दै अधिवक्ता भण्डारी बुधबार काठमाडौँका प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिएका हुन् ।

डा गोविन्द केसीसँग सम्बन्धीत मुद्दामा पैरवीको गरेको आधारमा विभिन्न समयमा ज्यान मार्ने धम्की दिएको उनले निवेदनमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्