विधि विधान अनुरुप मुख्यमन्त्री छानिने- योगेश भट्टराई



धरान, १७ माघ
नेपका एमालेका सचिव योगेश भट्टराईले पाटीको विधि विधान अनुसार नै मुख्य मन्त्री छाँनिने बताएका छन् ।

मंगलबार धरान स्थित एमाले पाटी कार्यालयमा पत्रकारहरुसग कुराकानी गर्दै एमाले सचिव योगेश भट्टराईले मुख्य मन्त्री चयन गर्नुपूर्व पाटीको संसदीय दलको नेता चयन हुने बताएका हुन् । पाँच नं. प्रदेशमा पहिला संसदीय दलको नेता चयन गरेपछि मात्रै दलको नेता मुख्यमन्त्रीको उम्मेदवार भएकोले सबै १ नं. प्रदेश तथा सबै प्रदेशमा सोही प्रकृयाले मुख्यमन्त्री चयन गरिने दाबी गरेका छन् ।

धरानको चुनावी सभालाई सम्बोधन गर्दा मुख्य मन्त्री भिम आचार्य हुन् भनेको होइन? भन्ने सञ्चारकर्मीको प्रश्नमा भट्टराईले –‘धरानमा भिम आचार्यलाई मुख्यमन्त्री नभनेर कसलाई भन्ने ?’ भन्दै प्रतिप्रश्न गरेका थिए । उनले प्रदेश सभामा सकेसम्म सहमतीमा संसदीय दलको नेता छान्ने नभए प्रकृयामा गएर संसदीय दलको नेता चयन गरेर मुख्यमन्त्रीको टुंगो लगाउने बताए ।

ताप्लेजुङबाट प्रतिनिधि सभामा निर्वाचित भट्राईले ताप्लेजुङ सुनसरीको सम्बन्ध अब नया शिराबाट अघि बढ्ने दाबी गरेका छन् । राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको तमोर करिडोर तिब्र गतिमा निर्माण गरी धरानबाट ताप्लेजुङ २ घण्टाको दुरीमा रहने बताए ।

सरकारले गरेका सबै निर्णय खारेज हुन्छ

निर्वाचन सम्पन्न भएको २ महिना वितिसक्दा प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगको गलत मनशायको कारण नया सरकार गठन हुन नसकेको भट्टराईले दाबी गरेका छन् । उनले भने निर्वाचनमा पराजीत भइसकेको कांग्रेस र सरकारमा रहेका दलहरुले गरेका नियुक्ती अब बन्न सरकारले बदर गर्नेछ । उनले फागुनको दोस्रो साताभित्र नया सरकार गठन भइसक्ने दाबी गरे । नया सरकार गठन हुदामधेशवादी दलहरुसग सहकार्य हुनसक्ने संकेत समेत भट्टराईले गरेका छन् । उनले भने –‘निर्वाचन अघिको आखाले एमाले मधेशवादी दलको सम्बन्धलाई हेर्न मिल्र्दन, अहिले नया शिराबाट एमालेले मधेशवादी दलहरुसँग सहकार्य गर्न गइरहेको छ ।’

पाटी एकता र सरकार निर्माण सगसगै अघि बढ्ने

नेकपा एमाले र माओवादी केन्द्रबीचको पाटी एकता र सरकार गठन सगसगै अगाडी बढ्ने बताएका छन् । पाटी एकता धेरै अगाडी बढीसकेको भन्दै राष्ट्रिय सभा सहमतीमा उमेदवारी दिएको र प्रदेश सरकारमा पनि सहमती भइसकेको भन्दै अब सँगसँगै पाटी एकता अघि बढ्ने बताए । उनले पाटीको सिद्धान्त, संगठनमा एक रुपता र नेतृत्व व्यवस्थान मिलाएर पाटी एकता हुने दाबी गरेका छन् । उनले माओवादीको २१ औं शताब्दीको जनवाद र एमालेको जनताको बहुदलिय जनवाद मिलाएर सुहाउदो सिद्धान्त निर्माण हुने समेत बताए । उनले सम्मान र एक अर्काको अस्तित्व स्विकार गर्नसक्ने एकता हुने भन्दै दुवै तर्फबाट आत्मसमर्पण गर्ने किसिमको एकता नहुने दाबी गरे ।
प्रेस चौतारी सुनसरीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा भट्टराइलाई ढाका टोपी तथा खादा ओढाएर सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्