सुरक्षित डिजिटल संक्रमण



१७ माघ २०७४

काठमाडौँ — केही दशकयता इन्टरनेटले विश्व अर्थव्यवस्थालाई नै परिवर्तन गर्दै गएको छ र पुरानो वेस्टफालियन क्रम अप्रचलित हँुदै गइरहेको छ । तर साइबर खतरा र दुव्र्यवहारहरू व्यवस्थित गर्न नयाँ प्रशासनिक ढाँचाबिना विश्वव्यापीकरणका लागि वरदान मानिएको इन्टरनेट प्रभावकारी नहुन सक्छ ।

हरेक वर्ष विश्व आर्थिक मञ्चले ‘ग्लोबल रिस्क रिपोर्ट’ प्रकाशित गर्ने गर्छ। यस्तो प्रतिवेदनले विश्वभरका विशेषज्ञ र नीति निर्माताको विचार छानेर समावेश गर्ने गर्छ । यो वर्ष विश्वव्यापी चासोका विषयहरूको शीर्षस्थानमा साइबर सुरक्षा छ र यो हुनु पनि पर्छ । समाजका सबै क्षेत्रमा प्रभाव पार्ने साइबर आक्रमण र सुरक्षा प्रहारमा सन् २०१७ मा भएको निरन्तर वृद्धिको संसार नै साक्षी छ । यसमा २०१८ मा फरक हुनेमा विश्वास गर्ने कुनै पनि कारण छैन । प्रभाव निरन्तर बढ्दैछ । सकभर छिटो हामी इन्टरनेटको हैकमका साथसाथै इन्टरनेटको साथमा उत्रिनुपर्छ । अन्यथा डिजिटल प्रविधिहरूद्वारा प्राप्त हुने अवसरहरू नियामक र कानुनी हतियारको दौड, नयाँ सीमा सम्बन्धी प्रतिस्पर्धा र नयाँ विश्वव्यापी तनावका कारण गुमाउने निश्चित छ ।

तर यहाँनेर एउटा ठूलो मुद्दा छ। हामी सबै जुन गतिका साथ डिजिटल युगमा दौडिरहेका छौं, त्यति नै विश्व स्थिरता सुनिश्चित गर्ने प्रयासहरू धेरै पछि परेका छन् । धेरै सन्दर्भमा हाम्रो संसार अझै पनि वेस्टफालियन ढाँचाभित्र व्यवस्थित छ । राज्यहरू (अधिकांश) का मान्यता प्राप्त सीमाहरू अन्तर्राष्ट्रिय प्रणाली निर्माणका बाधक भएका छन् । तिनीहरूको अन्तरक्रिया र सार्वभौमिकता साझा गर्न उनीहरूको इच्छुकताले विद्यमान विश्वव्यापी क्रम परिभाषित गर्छ । तर विश्वव्यापीकरणले वास्तविक धरातलमा क्रमश: परिवर्तन ल्याएको छ । प्रथम विश्वयुद्धपछिका केही दशक कमजोर भए पनि हालैका दिनमा भूराजनीतिका कारण समृद्ध हुँदै गएको छ । प्राविधिक परिवर्तनको गतिलाई कम गर्ने प्रयासका बाबजुद डिजिटल परिवर्तनले विभिन्न स्वरुपको विश्वव्यापीकरणलाई प्रेरित गरिरहेकै छ ।

आखिर इन्टरनेटको मुख्य विशेषता यसको सीमाविहीन उपलब्धता हो। परम्परागत सीमाहरू तोडेर यसले वेस्टफालियान ढाँचाको जगलाई सिधा चुनौती दिइरहेको छ । यो एक गहिरो सकारात्मक विकास हो, किनकि यसले स्वतन्त्र अभिव्यक्ति र सीमा वारपार सामान र विचार आदान–प्रदान गर्ने सुविधा उपलब्ध गराउँछ । तर सबै मानव आविष्कारजस्तै इन्टरनेट पनि दुरुपयोग गर्न सकिन्छ । उदाहरणका लागि साइबर क्राइम, उत्पीडन, घृणित भाषण, हिंसाको उत्तेजना र चरमपन्थी व्यवहारहरू अनलाइनमार्फत प्रयोग र प्रदर्शन गर्न सकिन्छ । आगामी वर्षहरूमा यस्ता दुव्र्यवहारहरू कम गर्न साझा नियम स्थापना र लागू गर्न अन्तर्राष्ट्रिय समन्वय आवश्यक पर्छ । सरकारले आफ्नै मामिलामा समस्या निवारण गर्न नसक्ने हुनाले छुट्टै वा एकल रूपमा कुनै पनि समाधान सम्भव छैन ।

समयको अन्तरालसँगै संस्थाहरूको एक वर्णमालाले प्राविधिक समुदाय, व्यवसाय, सरकार र नागरिक समाजलाई सँगसँगै ल्याइदिएको छ । आईसीएएनएन (इन्टनेट कोअपरेसन फर नेम्स एन्ड नम्बर्स), आईटीएफ (इन्टरनेट इन्जिनियरिङ टास्क फोर्स) र डब्लु ३ सी (वल्र्डवाइड वेभ कनसोर्टियम) ले अहिले इन्टरनेटको वास्तुकलाको वास्तविक तथ्याङ्क प्रदान गर्छन् । तर इन्टरनेटको नियमन निकै जटिल छ । यहाँ संस्थागत परिदृश्य भिडयुक्त र अव्यवस्थित छ । यो अव्यवस्थित किन छ भने असंख्य प्रतिनिधिहरू साइबर स्पेसको सामान्य ढाँचालाई आकार दिने प्रतिस्पर्धामा दौडिरहेका छन् । धेरै देशमा सम्बन्धित विभिन्न मन्त्रालयहरूले अनलाइन गतिविधि नियमन गरिरहेका छन् । वेबसाइट र अनलाइन सेवाबारे अत्यन्तै फरक सामुदायिक दिशानिर्देश र सेवाका सर्तहरू लागू गरिएका छन् । सार्वजनिक तथा निजी क्षेत्रका विकासकर्ताहरूले इन्टरनेटको परिवर्तित पूर्वाधारको डिजाइन निर्धारण गर्छन् । र धेरै नागरिक समाज समूहहरू आफ्नै साइबर सिद्धान्तहरू प्रस्ताव गरिरहेका छन् । जबकि अन्तर्राष्ट्रिय संस्थाहरू भने बहुपक्षीय सम्झौताहरू विकास गर्न प्रयासरत देखिन्छन् । तर देशहरू बीचको विवादित प्राथमिकता र अन्तर्राष्ट्रिय सहयोगका कारण परिदृश्यमा भने खासै परिवर्तन देखिसकिएको छैन। यसमा अझै जटिलता थप्दै केही साझेदार भने अन्तरक्रियामार्फत मुद्दाहरूलाई व्यवस्थित गर्न तथा समस्या समाधानमा केन्द्रित देखिन्छन् ।

पारस्परिक सहमतिपूर्ण ढाँचाको अभावमा सरकारहरू तात्कालिक एकपक्षीय उपायहरू जस्तै– बाध्यकारी तथ्यांकको स्थानीयकरण, अत्यधिक सामग्रीमाथि प्रतिबन्ध र घुसपैठको निगरानी गर्ने जस्ता उपाय अवलम्बन गर्न बाध्य छन् । तर यी सब उपायले अन्तत: अन्तर्राष्ट्रिय तनाव घटाउनुको साटो बढाउनेतर्फ गतिशीलता प्रदान गर्छ । डिजिटल प्रशासन साइबर सुरक्षादेखि अर्थतन्त्र र मानव अधिकारसम्म सम्बन्धित छ । साथै यसले कुन कानुनी क्षेत्राधिकारमा कुन कानुन प्रयोग वा लागू हुन्छ भन्ने अनिश्चितता पैदा गर्छ । जसका कारण त्यस्ता कानुनको कार्यान्वयनमा असर पुर्‍याउँछ । यस बाहेक एउटा आयामलाई सम्बोधन गर्ने उपायले अरूलाई सजिलै असर गर्न सक्छ, जसको अर्थ समन्वयविहीन र कमजोर नीतिले नकारात्मक परिणाम उत्पन्न हुनसक्छ ।

मैले सन् २०१६ मा इन्टरनेटको नियमनबारे विश्वव्यापी आयोगको अध्यक्षता गर्ने मौका पाएको थिएँ। त्यतिबेला प्रकाशित प्रतिवेदनमा विभिन्न जोखिमलाई प्राथमिकताका साथ उल्लेख गरेका थियौं । साथसाथै भविष्यमा इन्टरनेटको पहुँच, समावेशिता, सुरक्षा र विश्वसनीयता सुनिश्चित गर्न ‘एक नयाँ सामाजिक सम्झौता’का लागि आग्रह गरेका थियौं । त्यसपछिको प्रगति सीमित भएको छ । विश्वव्यापी साइबर नियमहरू स्थापित गर्न संयुक्त राष्ट्र संघमा भएका प्रयासहरू सुस्त छन् । त्यसैले यस प्रक्रियालाई अघि बढाउन वैकल्पिक पहलहरू लिन आवश्यक भएको छ ।
भाग्यवश, ग्लोबल कमिसन अन द स्ट्याबिलिटी अफ साइबर स्पेसले हालै इन्टरनेटको सार्वजनिक तहलाई सुरक्षित गर्न आह्वान गरेको छ । क्यानाडाको ओटावामा हुने विश्वव्यापी सम्मेलनले समाधानका उपायको खोजी जारी राख्न नीति निर्मातालाई अमूल्य अवसर प्रदान गर्नेछ । त्यस्ता प्राविधिक र वैधानिक कार्यविधि विश्वव्यापी संक्रमणलाई औद्योगिकबाट डिजिटल युगतर्फ लैजान आवश्यक छन् । कानुनी हतियारको दौडबाट बच्न नीतिकारहरूले अनुसन्धानका लागि सेवाप्रदायकको भूमिकादेखि अपमानजनक भाषणलाई सम्बोधन गर्न आपसी सहायता सम्झौतासम्मका छरिता उपाय अवलम्बन गर्न जरुरी छ ।

न्यायिक क्षेत्राधिकारमा नीतिको सहभागिता प्राप्त गर्नु सर्वोच्च प्राथमिकता हुनुपर्छ। यसो गर्दा सबै साझेदारबीच प्रत्यक्ष कुराकानी आवश्यक पर्छ । त्यसपछि हामी सीमा वारपार इन्टरनेट प्रयोगको रोकथाम, मानव अधिकारको रक्षा, दुव्र्यवहार विरुद्ध लड्न र वास्तवमा विश्वव्यापी डिजिटल अर्थव्यवस्थालाई स्थिर राख्नका लागि एक ढाँचा बनाउन सक्छौं । जस्तै– कोफी अन्नानले २००४ मा भनेका थिए, ‘हाम्रो जीवनमा इन्टरनेटलाई व्यवस्थित गर्न, बढाउन, र सुरक्षित गर्न यसका आविष्कारकहरूभन्दा कम रचनात्मक भएर हुँदैन ।’ वेस्टफालिया हाम्रोपछि छ। अब के आउँछ, त्यो हाम्रोसाथमै हुनेछ।

ग्लोबल कमिसन अन इन्टरनेट गभर्नेन्सका अध्यक्ष बिल्ड्ट स्वीडेनका पूर्वप्रधानमन्त्री हुन्।
(प्रोजेक्ट सिन्डिकेट)

प्रतिक्रिया दिनुहोस्