दुई दिने भ्रमणका लागि स्वराज नेपाल आउँदै



काठमाडौं , १६ माघ : भारतीय विदेश मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै विदेशमन्त्री स्वराज नेपाल भ्रमणका लागि बिहीबार नेपाल आउन लागेको जानकारी दिएको छ । भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन  दुई दिने  भ्रमण हुन लागेको जनाएको छ ।

भ्रमणका क्रममा स्वराजले राजनीतिक दलका नेताहरुलाई समेत भेट्ने छिन् ।  स्वराज माघ १८ गते नेपाल आई १९ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्