कांग्रेस नेता सडकमा जुत्ता पालिस गर्दै (भिडियो सहित)



काठमाडौं, १६ माघ

मंगलबार नयाँ बानेश्वरमा नेपाली कांग्रेसका नेताहरु जुत्ता पालिस गर्दै गरेका भेटिए। उनीहरु सडक पेटीमा आफ्नो जुत्ता नभई बटुवाका जुत्ता पालिस गरिरहेका थिए।

मंगलबारको यो दृष्यले केहीबेर त सर्वसाधारणहरु झुक्किए पनि। कृष्ण प्रसाद भट्टराई प्रतिष्ठानले आयोजना गरेको ‘राजनीति शुद्धिकरण (जुत्ता पालिस) अभियान’ मा कांग्रेसका नेताहरुले सडकमा बसेर जुत्ता पालिस गरेका हुन्। चन्द्र भण्डारी, धनराज गुरुङ लगायतका नेताहरुले सडकमा बसेर बटुवाका जुत्ता पालिस गरेका थिए। राजनीतिक शुद्धिकरण अभियानको लागि सांकेतिकरुपमा जुता पालिस गरिएको उनीहरुले बताएका छन्।  – नागरिक न्युज

 

प्रतिक्रिया दिनुहोस्