विद्यार्थीहरुमा रहेको प्रतिभा र क्षमता प्रस्फुटन गराउन पुष्पलाल मेमोरियल कलेजद्वारा खेलकुद प्रतियोगिता शुरु



काठमाडौँ, १६ माघ
आज मिति २०७४ माघ १६ गते बाट २० गते सम्मको लागि पुष्पलाल मेमोरियल कलेजले खेलकुद समारोह शुुरु गरेको छ ।

विद्यार्थीहरु भित्र रहेका प्रतिभा र क्षमताको प्रदर्शन एवम् प्रतिस्पर्धाको भावना जागृत गराउने उद्देश्यले कलेजले खेलकुद प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा उच्च माध्यमिक र स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको छ ।

उक्त प्रतियोगितामा भलिबल, फुटबल, म्याराथुन, टेवलटेनिस, व्याटमिन्टन र चेस जस्ता खेलहरु समावेश गरिएको छ भने आजैबाट प्रतियोगिता पनि शुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्