अर्थमन्त्री कार्कीको बोलीले क्याबिनेटमा सन्नाटा छायो : रिसाए प्रधानमन्त्री र राप्रपाका दुई मन्त्री



काठमाडौं, १६ माघ

गत बिहीवारको मन्त्रिपरिषद बैठक सुरु हुनसाथ राप्रपाका दुई मन्त्रीले अव आउने सरकारलाई देखाइ दिने र काम गर्नै नसकी भाग्ने अवस्थामा पुर्याउने भन्दै दुई प्रस्ताव राखे । उनीहरुको प्रस्ताव थियो, बजेटले ब्यवस्था नै नगरेको र मुलुकको अर्थतन्त्रले धान्नै नसक्ने तथा कार्यान्वयन गर्नै नसकिने काम ।

भर्खरै चुनाव हारेका झोकमा राप्रपाका मन्त्री दिपक बोहोरा र सुनिल बहादुर थापाले यसो गर्दा अव आउने सरकारलाई ठुलै समस्यामा पार्न सकिन्छ, बिकाशका काम अघि बढनै सक्दैन, सरकार असफल हुन्छ, समृद्ध नेपाल बनाउने बाम गठबन्धनको योजना साकार हुन सक्दैन, अनि जनताले हामीलाई नै फेरि पत्याउँछन भन्दै दुई प्रस्ताव राखे । बोहोरा र थापाको कुरा सुनेपछि प्रधानमन्त्री देउवा निकै हौसिए । कांग्रेसकै मन्त्रीहरु भने उनको त्यो देश सकाउने,अर्थतन्त्र समाप्त पार्दै बाम गठबन्धनलाई देखाइ दिने कुराले चकित परे । सवै मन्त्री एक आपसमा अनुहार हेराहेरगर्द थाले ।

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की भने चुप बस्न सकेनन । उनलाई लाग्यो प्रधानमन्त्री देशबिरुद्ध ठुलै घात गर्दैछन । देशद्रोह नै देउवाको योजना छ । अनि मुख खोले उनले । कार्कीको त्यो शब्दपछि क्याबिनेट बैठक निकै तनावपुर्ण बन्यो । प्रधानमन्त्रीले सहमति जनाउन थालेपछि अर्थमन्त्री कार्की चुप बस्नै सकेनन । अघिल्लो दिनको निर्णयको चर्को आलोचना भएपछि प्रधानमन्त्री सुध्रिएलान भन्ने आफ्नो बुझाइ लगत रहेको निश्कर्षका साथ कार्कीले हात उठाउँदै भने, ‘सरकारमा बसेर देशबिरुद्ध घात वा अपराध गर्ने कुरा कसरी सोच्न सकिन्छ ? बजेट नै छैन, अर्थतन्त्र कोल्याप्स पार्ने कुरा मलाइ सैह्य छैन, ‘मुलुकमा अर्थमन्त्री पनि छ भन्ने हेक्का राखौँ है साथीहरू ।’

कांग्रेसका मन्त्रीहरू मन्त्रालय मातहतका निकायमा बाँकीरहेका र एमाले निकटले नियुक्ति पाएको ठाउँमा हटाउँदै राजनीतिक नियुक्तिका प्रस्ताव लिएर गए । राप्रपाका मन्त्रीहरूले भने फेरि पनि अर्थतन्त्र डुबाउने प्रस्ताव ल्याए । मुलुकलाई कहालीलाग्दो आर्थिक व्ययभार थपिने केही प्रस्ताव लिएर राप्रपाका मन्त्रीहरू बैठकमा प्रस्तुत भए । मन्त्रिपरिषद् बैठकमा स्वास्थ्यमन्त्री बोहोराले मुलुकभरका स्वास्थ्य स्वयंसेविकाहरूका लागि मासिक २० हजार रुपैयाँका दरले भत्ता प्रदान गर्ने लगायतका ११ बुँदे प्रस्ताव ल्याए भने उद्योगमन्त्री थापाले मासिक दुई हजार रुपैयाँका दरले बेरोजगार भत्ता प्रदान गर्ने लगायतका पाँच बुँदे प्रस्ताव ल्याए

उनको त्यो कुरा सुनेपछि देउवा निकै रिसाएका थिए । स्रोतका अनुसार बुधबार बसेको मन्त्रिपरिषद्को बैठकमा वृद्धभत्ताको उमेरहद ७० बाट झारेर ६५ कायम गर्न उपप्रधानमन्त्री कमल थापामार्फत आएको प्रस्तावलाई अर्थमन्त्री कार्कीले बजेट छैन भन्दै घुमाउरो रूपमा विरोध गरे । तर, प्रधानमन्त्री देउवा स्वयंले भोलि सरकारमा आउनासाथ यो निर्णय गर्ने तयारीमा एमाले रहेको सूचना आफूले प्राप्त गरेको उल्लेख गर्दै भने, ‘पपुलर काम जति एमालेले मात्रै गर्नुपर्छ भन्ने छ र ?, निर्णय गर्नासाथ कार्यान्वयन गर्नुपर्छ भन्ने छैन, भोलि आउने एमालेको सरकारले गर्ने हो, अब दायाँ–बायाँ नगरी यो निर्णय पारित गरौँ ।’

भोलिपल्ट बिहीबार बसेको बैठकमा कांग्रेसका मन्त्रीहरू मन्त्रालय मातहतका निकायमा बाँकीरहेका र एमाले निकटले नियुक्ति पाएको ठाउँमा हटाउँदै राजनीतिक नियुक्तिका प्रस्ताव लिएर गए । राप्रपाका मन्त्रीहरूले भने फेरि पनि अर्थतन्त्र डुबाउने प्रस्ताव ल्याए । मुलुकलाई कहालीलाग्दो आर्थिक व्ययभार थपिने केही प्रस्ताव लिएर राप्रपाका मन्त्रीहरू बैठकमा प्रस्तुत भए । मन्त्रिपरिषद् बैठकमा स्वास्थ्यमन्त्री बोहोराले मुलुकभरका स्वास्थ्य स्वयंसेविकाहरूका लागि मासिक २० हजार रुपैयाँका दरले भत्ता प्रदान गर्ने लगायतका ११ बुँदे प्रस्ताव ल्याए भने उद्योगमन्त्री थापाले मासिक दुई हजार रुपैयाँका दरले बेरोजगार भत्ता प्रदान गर्ने लगायतका पाँच बुँदे प्रस्ताव ल्याए ।

बुधबार गरिएको वृद्ध भत्ताको उमेर हद पाँच वर्ष घटाउने निर्णयप्रति सर्वत्र आलोचना भएका कारण बिहीबार मन्त्री बोहोरा र थापाले ल्याएका मुलुकले थेग्नै नसक्ने प्रस्तावलाई प्रधानमन्त्री देउवाले इन्कार गर्लान् भन्ने अपेक्षाका साथ अर्थमन्त्री कार्की बैठकमा केहीबेर मौन बसे । तर, प्रधानमन्त्री देउवाले मौन सहमति दिन लागेको अनुभूति पाएपछि कार्कीले मुखै खोलेर भने, ‘मुलुकमा अर्थमन्त्री पनि छ भन्ने हेक्का राखौँ है साथीहरू, ढुकुटीमा बजेट छ कि छैन ? सोचेर मात्रै यस्ता प्रस्ताव ल्यउनोस्, यस्तो देशमाथि नै अपराध हुने प्रस्ताव नल्याउनोस् ।’

अर्थमन्त्री कार्कीको यो भनाइपछि मन्त्रिपरिषद् बैठकमा केहीबेर सन्नाटा छायो । तर, प्रधानमन्त्री देउवा भोलिको सरकारलाई देखाउने हो भन्दै प्रस्ताव पारित गर्नेतर्फ लागे । मुलुकले थेग्नै नसक्ने आपत्तिजनक ती दुई प्रस्तावलाई समेत प्रधानमन्त्री देउवा पारित गर्न लागेपछि अर्थमन्त्री कार्की कडा रुपमा प्रस्तुत भए । उनले भने, ‘पहिला मेरो राजीनामा, अनि त्यसपछि मात्रै यो प्रस्ताव पारित हुन्छ ।’ अर्थमन्त्री कार्कीको यो घोषणापछि प्रधानमन्त्री देउवा आक्रोशित बने उनको अनुहारमा भयंकर आक्रोश देखियो । रातो आँखा पार्दै कार्कीतिर एकोहोरो हेरिरहे । अनि अत्यन्त रुखो स्वरमा प्रधानमन्त्री देउवाले भने, ‘ए हाम्रो देशमा अर्थमन्त्री पनि छ रे नि त ।’

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सामान्यतया कांग्रेसका मन्त्रीहरु प्रतिवाद गर्दैन थिए यसअघि । जे निर्णय हुन्छ,सवै देउवाकै चाहना र योजनामा हुने गर्दै आएको थियो । पछिल्लो समयमा भने देउवा हिटलरको शैलीमा प्रस्तुत हुन थालेपछि कांग्रेसका भविश्य बोकेका मन्त्रीहरु प्रतिवादमा उत्रन थालेका हुन ।

 

प्रतिक्रिया दिनुहोस्