मुख्यमन्त्री र सभामुख चयनको लागि एमालेले बैठक बोलायो



काठमाडौं, १५ माघ
नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा बैठक बोलाइएको पार्टी कार्यालय सचिव कृष्ण गोपाल श्रेष्ठले जानकारी दिएका छन् ।

बैठकमा मुख्यमन्त्रीको चयन, प्रदेश सभामुखको चयनलगायतका विषयमा छलफल हुने बताइएको छ । आइतबार एमाले र माओवादी केन्द्रबीच मुख्यमन्त्री र प्रदेश समाभुखमा ७०–३० को भागबण्डा भएको थियो । उक्त दुई पार्टीबीच भागबण्डा मिलेसँगै एमाले आफ्नो तर्फबाट उम्मेदवारको टुंगो लगाउन छलफलमा जुटेको हो ।

एमालेभित्र मुख्यमन्त्री र सभामुखमा आकांक्षी धेरै भएको बेला यो बैठकलाई पनि बढी चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्