अमेरिकामा कलाकार ऋचा देखि गर्भवती निशा सम्मको पोज



न्युवोर्क, १४ माघ
नेपाली चलचित्र क्षेत्रका कलाकारहरु केहि समय अगाडी अमेरिकाको मोह धेरै नै थियो । अहिले धेरै कलाकारहरु अमेरिका बस्दै आएका छन् ।

चलचित्र क्षेत्रमा जम्दै गरेका नायक र नायिकाहरु पनि अमेरिका पुगे र तेतै बस्दै आएका छन् । दर्जन भन्दा बढी कलाकार त्यहाँ लामो समयदेखि बस्दै आइरहेका छन् । कार्यक्रम र घुम्न जाने कलाकारको संख्या पनि कम छैन ।

गर्भवती भएपछि नायिका निशा अधिकारी अमेरिका पुगिन् । नायिका रिमा विश्वकर्मा पनि कार्यक्रमको सिलसिलामा भर्खरै अमेरिका पुगेकी छन् । बाल्टीमोरमा बस्दै आएकी अभिनेत्री ऋचा घिमिरेसँग गर्भवती निशा र एकल भएकी रिमाको भेटपछि उनीहरुले रमाईलो गरेका तस्बिर हेर्न  सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्