धरानमा २ वटा मुख र ३ वटा आँखा भएको वाच्छी जन्मेपछि पूजा गर्नेहरुको घुँइचो (फोटो सहित)



काठमाडौं, १४ माघ

सामान्यतया गाईले एउटा वाछो त्यसमा पनि एउछा टाउको तथा एउटा मुख र आँखा भएको बाच्छा बाच्छीको जन्म दिन्छ । तर धरानको विजयपुरमा भने गाईले अनौठो वाच्छीलाई जन्म दिएको छ ।

धरान १४ स्थित इन्द्र कटुवालले पालेको गाइले विज्ञानलाई चुनौती दिदै अनौठो खालको वाच्छीको जन्म दिएको हो । शरीर एउटै भएको तर दुइवटा मुख भएको र ३ वटा आँखा भएको अनौठो प्रकारको वाच्छी जन्मिएको छ । दोस्रो वेतमा आफ्नो घरमा पालेको गाईले यस्तो वाच्छीको जन्मदिए पछि इन्द्र कटुवाल आफै आश्चर्यममा परेका छन् ।

टाउको र शरीर एउटै भए पनि दुईवटा मुख र ३ वटा आँखा भएको बाच्छी हेर्नका लागि कटुवालको घरमा भिडनै लागेको छ । विजयपुर धार्मिक केन्द्र भएको र धार्मिक आस्थाका कारण पनि भगवान वाच्छीको रुपमा आउनु भएको भन्दै स्थानीयवासी दर्शनका लागि आएको स्थानीय प्रेमप्रसाद पराजुली वताउनु हुन्छ ।

शिवजीका जस्तै वाच्छीको समेत त्रिनेत्र भएकोले शिव भगवानकोरुपमा जन्म भएको विश्वासका साथ स्थानीयवासीले बाच्छीको पूजा गरिरहेका छन् ।

धार्मिक आस्थाका कारण भगवानको रुप भन्दै पूजा अर्चना गरे पनि यस्तो अनौठो बाच्छीको कसरी जन्म भयो त्यो भन्ने बारेमा वैज्ञानिक अनुसन्धान हुन आवश्यक छ ।- न्युज 24

 

प्रतिक्रिया दिनुहोस्