भारतीय दुतावासभित्र प्रचण्ड–बाबुरामवीच भेटवार्ता, प्रचण्डले गरे यस्तो आग्रह



काठमाडौं, १४  माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना पूराना सहयात्री एवम् नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईलाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।

भारतीय ६९ औं गणतन्त्र दिवसको अवसरमा नेपालस्थित् भारतीय दुतावासले आयोजना गरेको दिवा भोजमा सरिक भएका नेताद्धयवीच खुलेरै कुराकानी भएको थियो । पूर्वप्रधानमन्त्रीद्धय प्रचण्ड र बाबुरामको जम्काभेटलाई उपस्थित् व्यक्तित्वहरुले निकै चासोका साथ हेरेका थिए ।

दुतावास परिसरमा सहभागी एक पत्रकारका अनुसार प्रचण्डले अब बन्ने सरकारलाई समर्थन गर्न बाबुरामलाई आग्रह गरेका थिए । यता, बाबुरामले भने राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेसलाई समर्थन गर्ने निर्णय गरिसकेकोले अहिले नै त्यसबारेमा केही भन्न नसकिने स्पष्ट पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्