ओली–प्रचण्डले मुख्यमन्त्री टुंग्याए, नामसहित



काठमाण्डौं, १४ माघ । एमाले–माओवादी नेतृत्वको बामगठबन्धनले आफ्नातर्फका मुख्यमन्त्री र सभामुखको नाम टुंगो लगाएको खुलासा भएको छ ।

प्रदेश नम्बर २ मा बाहेक ६ वटै प्रदेशमा सरकार गठनका लागि बामगठबन्धनको संयुक्त कार्यदलको आइतबार दिउँसो बस्ने बैठकले मुख्यमन्त्री र सभामुखको नाम सार्वजनिक गर्ने भएको छ ।

गठबन्धनका प्रमुख नेताद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डवीचको आन्तरिक सहमति अनुसार प्रदेश नम्बर ३ मा एमालेकी अष्टलक्ष्मी शाक्य, प्रदेश नम्बर ४ मा पृथ्वीसुब्बा गुरुङ/किरण गुरुङ्, ५ नम्बर प्रदेशमा शंकर पोखरेल, ६ नम्बर प्रदेशमा माओवादीका महेन्द्रबहादुर शाही र ७ नम्बर प्रदेशमा पनि माओवादकीकै वीरमान चौधरी मुख्यमन्त्री बन्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्