दिन गनेर लुट मच्चाउन थालेको भन्दै देउवा माथी खनिए रबि लामिछाने



काठमाडौं, १३ माघ

निर्वाचन सम्पन्न भइसकेपछि जनमतको जानकारी प्राप्त भैसकेपछि वर्तमान सरकार केवल कामचलाउ सरकार जस्तै हुन्छ ।

कानुनी रुपमा काम चलाउ सरकार नमानिएपनि नैतिक रुपमा त्यो भन्दा बढी सोच्नु वा कार्य गर्नु लोकतान्त्रिक मान्यता विपरीत हुन्छ ।

तर यसको ठिक उल्टो अभ्यास गर्दै छ सरकार । यो त दिन गनेर लुटे बराबर भएन र ? जनमत गुमाइसकेको सरकारले नितिगत र दिर्घकालिन निर्णयहरु भटाभट गरिरहँदा नेपाली कांग्रेसका युवा र होनाहार मानिएका नेताहरुको मौनताले यही भन्न बाध्य पारेको छ कि ढिलो जन्मिदैमा कोही युवा हुदैन ।

धेरै निर्णयरु छन् जसले सरकारको नियत छर्लङग पारेको छ । सरकारले पछिल्लो समयमा गरेका केही निर्णयहरुको कुरा गरौँ ।

बृद्ध भत्ता पाउने उमेर अब ६५ बर्ष हुने भएको छ । हामी नेपालीहरुको औसत आयु नै ६८ बर्ष भनिएको छ ।

प्लस, संसार भरी नै वृद्धभत्ता दिइने उमेरपछि सारीने अभ्यास भैरहेको छ । यो निर्णयले राज्यकोषलाई प्रत्यक बर्ष १२/१३ अर्बको भार पार्दछ ।

मानिस वृद्ध हुने उमेर ५ बर्ष बर सारेर ६५ बर्ष बनाउने निर्णय गर्ने प्रधानमन्त्री स्वयमको उमेर चाँही ७३ बर्ष हो है ।

६५ बर्षमा जनता वृद्ध हुने तर नेताहरु चाहि ७० नाघिसक्दा पनि वृद्ध नहुने ? जनादेश नपाएको सरकारले गरेका कयौँ नियुक्ति र निर्णयहरुको नकुरा गरौँ तर प्रहरी ऐन परिर्वतन गरेर ३० बर्षे सेवा अवधिबारे समेत निर्णय लिन खोज्नुले सरकारको नियतमा शंका होइन प्रश्न खडा गरीदिएको छ ।

यी निर्णयहरु जनादेश प्राप्त नगरेको काम चलाउ हैसियत भएको सरकारले लिनु विधि र लोकतन्त्र प्रतिको व्यङय हो ।

अर्को भुकम्प पिडितलाई एक लाख थप्ने निर्णयको विरोध गर्दा भुकम्प पिडितहरुको मनमा ठेस पुग्ला तर आज सम्म दिने भनिएको रकम त देउ ।

३ बर्ष भैसक्दा पनि राजनीति बाहेक उल्लेख्य केही गर्न नसकेको पुनः निर्मार्ण प्रधिकरणलाई राजनीतिक नियुक्तिको अड्डा बनाएर राजनीतिक न्यानो लिइरहेकाहरुले चिसो रातमा निदाउन नसकेर रोइरहेका भूकम्प पिडितका बेदना कहिल्यै बुझेनन् ।

यसरी फगत लोकप्रियता हाँसिल गर्न र भ्याएसम्म लुट्ने नियत झै देखिने क्रियाकलाप कांग्रेस जस्तो लोकतान्त्रिक पार्टी र उसको सरकारलाई शोभा दिदैन ।

प्रजातन्त्र दरबारमा बुझाएको आरोप, चुनाव गराउन नसक्ने असक्षम प्रधानमन्त्रीको आरोप खेपिरहेका देउवाले हालै सम्पन्न निर्वाचनहरु गराएर प्राप्त गरेको उचाई यस्ता निर्णयहरु गरेर घटाउँदा उनको सिंगो राजनीतिक जिवनमा दाग लाग्न सक्छ ।

यो सल्लाह दिन कांग्रेस कार्यकर्ताहरु डराए वा उनको बदनामीमा रमाए हामी यकिन गर्न सक्दैनौ तर काम चलाउ सरकारले कार्यकारी अधिकार प्रयोग गर्न पाउँदैन ।

र फेरी पनि भन्छाँै आँफुचाही बृद्ध भैसक्दा पनि सकृय हुने, जनतालाई चाँही ६५ बर्षमै वृद्ध बनाइदिने ? यो कुरा अलि हजम भएन की !

हेर्नुहोस आजको सिधा कुरा जनतासंग 

प्रतिक्रिया दिनुहोस्