सरकार गठन भन्दा अगाडि पार्टी एकता : प्रचण्ड



चितवन, १३ माघ : शनिबार प्रेस सेन्टर चितवनले गरेको पत्रकार सम्मेलनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार गठनभन्दा पहिला एमाले-माओवादीको पार्टी एकता टुङ्ग्याउने बताएका छन्। ‘मेरो कोशिस भन्नुहुन्छ भने त सरकार गठन भन्दा अघिनै पार्टी एकता हुनु जनभावनाअनुसार पनि हुन्छ। हामीले गरेको प्रतिबद्धता अनुसार पनि हुन्छ’, प्रचण्डले भने। पार्टी एकताको विषयमा आज अर्थात् भोलि नै टुंगो लाग्ने दाबी प्रचण्डको छ। उनले राष्ट्रिय सभाको निर्वाचन लगत्तै सरकार गठनको बो खुल्ने प्रष्ट पारे।

प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार कामचलाउ भइसकेकाले गम्भीर प्रकृतिका निर्णय गरेर गल्ती नगर्न सुझाव दिए। पछिल्ला राजनीतिक निर्णयले कांग्रेसको लोकतान्त्रिक चरित्रमाथि नै प्रश्न चिन्ह खडा भएको समेत बताए।

प्रतिक्रिया दिनुहोस्