बुनपा ११ को वडा कार्यालयमा अचार तथा गुडिया वनाउने तालिमको समुद्घाटन



काठमाडौँ, १३ माघ
बुनपा ११ को कार्यालयमा विपन्न वर्ग तथा महिलाहरु लक्षित गरि अचार तथा गुडिया बनाउने तालिमको उद्घाटन समारोह सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष राजु अधिकारीले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो । उहाँले निम्न आय भएका व्यक्तिहरुलाई बढि जोड दिने र सिकेका सीपहरुलाई बाहिरी व्यवहारमा उतार्न र सात दिन सम्म ध्यान दिएर राम्रो सँग सिक्न जोड दिनुभएको थियो ।

भित्रै देखि ईच्छा हुनेले सिक्न र सिकेर केहि गर्छु भन्नेहरुको लागि तालिम लिदा राम्रो हुने तथा सिक्नेहरुले घरमा, वडामा मात्र नभएर व्यवसायिक रुपमा अगाडी वढ्दै परिवर्तनको लागि देशव्यापि रुपमा अगाडी वढ्ने कुरा वडासदस्यहरुले गर्नुभयो । उत्पादन गर्दै अगाडी बढाउन र बजारीकणको लागि पनि अनुकुल वातावरण बनाउने समेत बताउनुभयो ।

बुढानिलकण्ठ नगरपालिका वडा नं. ११ र संजिवनी सोसाईटिको सहकार्यमा ७ दिने अचार र १५ दिने गुडिया बनाउने तालिम आजै देखि सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्