राजेन्द्र राई भन्छन् : जबजको को पर्छिन् कोमल वली?



काठमाडौं, १२ माघ

यतिखेर मुलुकमा राष्ट्रिय सभा निर्बाचनको सर्गर्मि दिनानुदिन बढिरहेको छ । एमाले भित्र उमेद्वारको बिषयलाई लिएर विभिन्न खाले टिकाटिप्पणीहरु भैरहेका छन् । कोमल वलीलाई पार्टीले राष्ट्रिय सभाको उमेद्वार बनाएको र जनताको बहुदलीय जनाबाद्लाई लिएर एमालेका नेता तथा कार्यकर्ता  पंतिमा गम्भीर बहस सुरु भएको छ  ।

यसै बिषयमा भोजपुर १ बाट प्रदेश सभामा निर्वाचित सांसद, पार्टीका प्रभावशाली युवा नेता तथा केन्द्रीय सदस्य राजेन्द्र कुमार राईले आफ्नो फेसबुक पेजमा जबजको को पर्छिन् कोमल वली? भन्दै आफ्नो धारणा यसरी ब्यक्त  गर्नुभएको छ :

राष्ट्रिय सभाकालागि कोमल ओलीलाई उम्मेद्वार बनाउने एमाले नेतृत्वको निर्णय धेरैका लागि पाच्य भएन, दर्जनौँ पुराना, त्यागी र सक्षम नेता, कार्यकर्ताहरूको विकल्प हुँदाहुँदै पार्टी सदस्यता समेत नपाईसकेकालाई त्यति महत्वपूर्ण र आकर्षक पदमा पठाउने निर्णयको विरोध हुनु अस्वभाविक होइन तर त्यस्तो विरोधमा जबजलाई मिसाउने, जबजको खिल्ली उडाउने, जबजप्रति अनास्था पैदा गर्ने तरिका र कामलाई किमार्थ स्वभाविक र उचित मान्न सकिन्न ।
बुझ्नु के जरुरी छ भने,
1, जबजको बिरोधको यस्तो तरिका अराजनितिक, अराजक हो र यस्तै अराजनीतिकता, अराजकतामा कोमल ओलीहरूका लागि स्पेस तयार हुनेछ ।
2, जबज त्यति कम्जोर चीज होइन जो यस्ता खाले छड्के, चोरी दाउवाला बिरोध र आक्रमणले धराशायी होस् ।
त्यसैले बन्द गरौँ जबजको भद्दा बिरोध ।

केन्द्रीय सदस्य राईलाई पार्टी भित्र बैचारिक युवा नेताको रुपमा चिनिन्छ ।

राईको फेसबुक पेजमा :

प्रतिक्रिया दिनुहोस्