देउवाजीले वृद्धभत्ता लिने उमेर पुगेकै थियो किन घटाएको : ओलीको आलोचना



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काम चलाउ सरकारले वृद्धभत्ताले लिने उमेर घटाउनेलगायत सस्तो लोकप्रियता हासिल गर्ने काम गरेको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको तीव्र आलोचना गरेका छन् ।

बिहीबार पत्रकार सम्मेलन गरेरै अध्यक्ष ओलीले सरकारको पछिल्ला निर्णयको खण्डन गरेका हुन् । पार्टी मुख्यालमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले भने, “देउवाजी त सांसद् हुनुहुन्थ्यो भत्ता पाइहाल्नुहुन्थ्यो । वृद्धभत्ता लिने उमेर पुगेकै थियो किन घटाएको ?”

उनले हिजो एमाले नेतृत्वको सरकारले वृद्धभत्तालगायत सामाजिक सुरक्षाका कार्यक्रम ल्याउँदा ‘कनिका छरेको’ भन्ने पार्टीले कामचलाउ अवस्थामा वृद्धभत्ता लिने उमेर घटाउनु केवल प्रचारमुखी भएको टिप्पणी गरेका छन् । र, अस्वीकार गर्ने चेतावनी दिएका छन् ।

‘सेटिङ’ सत्ता लम्व्याएको सरकारले गरेका निर्णय नमान्दा भोट घट्ला भन्ने चिन्ता एमालेलाई नरहेको बताउँदै संविधानको परिपालना गर्ने वचनवद्धता व्यक्तसमेत गरे ।

प्रतिक्रिया दिनुहोस्