किरात राई खेलकुद संघ र नेपाल मगर संघ बीच मैत्रीपुर्ण फुटबल हुँदै



काठमाडौं,११ माघ

स्वास्थ नै जीवन हो त्यसैले  स्वास्थ रहन खेलकुद अपरिहार्य छ भन्दै पर्सि शनिबार दुइ जनजाति संघठन फुटबल खेलमा आमुन्ने सामुन्ने  हुने भएका छन् । किरात राई खेलकुद संघ र नेपाल मगर संघ बीच मैत्रीपुर्ण फुटबल खेल हुने भएको छ ।

यहि माघ १३ गते शनिबारको दिन एन्फा ग्राउन्ड सातदोबाटोमा खेल हुन लागेको हो। बिहान १० बजेर ४५ मिनेटबाट सुरु हुने खेल दिउसो १ बजे सम्म संचालन हुने भएको छ।

युवाहरुमा अनुसासन तथा मित्रता अनि सद्भाबको निम्ति उक्त मैतिपुर्ण प्रतियोगिताको आयोजना गरिएको र यस्ता रचनात्मक आयोजनाहरु अझै गर्दै जाने किरात राई खेलकुद संघका टिम व्यावस्थापक बलु बुङ्गलवा राइले जानकारी गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस्