केपी ओलीबाट आकस्मिक पत्रकार सम्मेलन हुँदै



काठमाडौं, ११ माघ

आज एकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले आकास्मिक रुपमा पत्रकार सम्मेलन गर्दैछन् । बेलुकी ४ बजेको लागि पत्रकार सम्मेलन गर्न लागिएको हो । काम चलाउ सरकारले विभिन्न राष्ट्रिय नियुक्ति र महत्वाको बिषयमा निर्णय गरेको हुदा त्यसैलाई रोक्न पत्रकार सम्मेलन गर्न लागिएको हो ।

बुधबार सरकारले बृद्द भत्ता ७० बर्षबाट ६५ वर्ष बनाएको र प्रहरीमा ३० बर्षे सेवा अवधि हटाउन गरिएको प्रस्ताब रोक्नको लागि आकस्मिक पत्रकार सम्मेलनगर्न लागिएको बताइएको छ ।

केपी ओली बाम गठबन्धनको तर्फबाट प्रधानमन्त्री बन्ने चर्चा चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्