सफल वैवाहिक जीवनका लागि अपनाउनुहोस निम्न टिप्स



१.  वैवाहिक जीवनलाई सफल बनाउने अर्को महत्वपूर्ण पक्ष यो पनि हो कि तपाईं आफ्नो जीवन साथीलाई कुनै तेस्रो व्यक्तिका अगाडि अपमान नगर्नुहोस् ।

२. कैयौं पटक पति या पत्नीले आवश्यकताभन्दा बढी समय घरभन्दा बाहिर रहँदा अथवा समयमै घर नआउँदा पनि सम्बन्धमा दरार आउन सक्छ । यस्तो अवस्थामा आफू बाहिर रहनु तथा समयमै घर आउन नसक्नुको कारणबारे आफ्नो साथीलाई सत्य बताएर विश्वास दिलाउनु जरुरी हुन्छ ।

३. सम्बन्धलाई बचाएर राख्नका लागि यो पनि जरुरी हुन्छ कि वर्षमा ४–५ दिनका लागि भएपनि बाहिर घुम्नु जानुहोस् ।

४. वैवाहिक जीवन सफल हुनुको श्रेय साहार्दपूर्ण र साथित्वको व्यवहारलाई पनि जान्छ । तपाई परम्परागत पति अथवा पत्नी मात्रै नबन्नुहोस् । एक असल साथी बन्नुहोस् ।

५. शारीरिक सम्बन्धले वैवाहिक सम्बन्धमा घनिष्ठता ल्याउँछ । तर यो जरुरी हुँदैन कि तपाईं हरेक समय शारीरिक सम्बन्धकै बारेमा सोच्ने गर्नुहोस् ।

६. वैवाहिक जीवनलाई सफल बनाउन पति पत्नीले एक अर्काको आवश्यकतालाई बुझेर उसलाई पूरा गर्ने कोशिष गर्नुपर्छ । वैवाहिक जीवन समधुर रहन्छ ।

७.  सफल वैवाहिक जीवनका लागि सबैभन्दा पहिलो र महत्वपूर्ण पक्ष भनेको एक–अर्कालाई बढीभन्दा बढी समय दिनु र धेरै समय साथमा बिताउनु हो ।

८. शारीरिक अन्तरंगता, करियरमा सफलतालगायत विषय मात्रै सफल वैवाहिक जीवनको कारक हैन ।

९. पति–पत्नीबीच आपसमा एक दोस्रोका लागि सौहार्दपूर्ण भावना राख्नु, एक दोस्रोको भावनालाई सम्झिनु र आपसी समझदारीबाट समस्याको हल गर्नु हो ।

१०. कैयौं पटक कुनै एक विषयमा पति र पत्नीबीच फरक धारणा र सोच हुँदा पनि सम्बन्धमा तनाव उत्पन्न हुने अवस्था आउँछ । यस्तो अवस्था आउन नदिन एकअर्काको सोच, बिचार र सिद्धान्तको सम्मान गर्ने गर्नुपर्छ ।

११. वैवाहिक जीवनलाई सफल बनाउन एक अर्काको काम र पेषालाई सम्मान गर्नु पनि महत्वपूर्ण हुनछ ।

१२. जिम्मेवारी निभाउँदा मात्रै पनि वैवाहिक जीवन सफल हुँदैन । कहिलेकाँही दुवैजना मिलेर रमाइलो गर्ने, घुम्न जाने, सरप्राइज पार्टी दिने पनि गर्नुहोस् । यसले तपाईको साथीलाई खुसी मिल्ने छ ।

प्रतिक्रिया दिनुहोस्