सुनको मूल्य बढ्यो



काठमाडौं, १० माघ  : नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा दुई सय रुपैयाँ बृद्धि हुँदै प्रतितोला ५७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो प्रतितोला ५७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने आज पनि यथावत नै छ । आज पनि चाँदी प्रतितोला ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्