राफेल नाडाल प्रतियोगिताबाट बाहिरिए



काठमाडौं, १० माघ

टेनिसको विश्व नम्बर एक राफेल नाडाल वर्षको पहिलो ग्रान्डसलाम अस्ट्रेलियन ओपन टेनिसको क्वार्टरफाइनलबाट बाहिरिएका छन् । छैटौँ वरीयताका  मारिन सिलिकविरुद्धको रोमाञ्चक क्वार्टरफाइनलको पाँचौँ सेटमा रिटायर्ड हर्ट हुँदै नाडाल प्रतियोगिताबाट बाहिरिए ।

एडमन्डले सेमिफाइनलमा ग्रिगर दिमेत्रोमलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका थिए । क्रोएसियन स्टार सिलिकले सेमिफाइनलमा ब्रिटिस नम्बर दुई खेलाडी क्याले एडमन्डविरुद्ध प्रतिस्पर्धा गर्नेछन् ।

करिअरमा दोस्रो पटक रिटायर्ड हर्ट
स्पेनिस नाडालले आफ्नो ग्रान्डसलाम करिअरमा दोस्रो पटक रिटायर्ड हर्ट भएर कोर्ट छोड्नुपर्‍यो । २ सय ६४ ओटा ग्रान्डसलाम खेल खेलेका उनले यसअघि ब्रिटिस एन्डी मुर्रेविरुद्ध अस्ट्रेलियन ओपन अन्तर्गत नै २०१० मा भएको क्वार्टरफाइनल दौरान रिटायर्ड हर्ट हुँदै क्रिज छाड्नुपरेको थियो ।

सिलिकले नाडालविरुद्ध ३–६, ६–३, ६–७, ६–२, ६–० लिड गरेका थिए । यस्तोमा नाडालको ढाडको चोट बल्झिएको थियो जसका कारण नाडालले खेल छोड्नुपरेको थियो ।

पछिल्लो २४ घन्टामा विश्व टेनिसका शीर्ष क्रमको दोस्रो महत्वपूर्ण खेलाडीले चोटकै कारण क्रिज छाड्नुपर्‍यो यसअघि नोभाक जोकोभिकले चोटकै कारण पराजित हुँदै मैदान छाडेका थिए ।

एडमन्डको सनसनीपूर्ण प्रदर्शन
ब्रिटिस नम्बर दुई क्याली एडमन्डले सनसनीपूर्ण प्रदर्शन गर्देै अन्तिम चारमा स्थान सुरक्षित गरे । पहिलोपटक ग्रान्डसलाम टेनिसको सेमिफाइनलमा प्रवेश गर्ने क्रममा एडमन्डले विश्व नम्बर तीन रहेका ग्रिगोर दिमित्रोभालाई ६–४, ३–६, ६–३ र ६–४ ले पराजित गरेका थिए । ४९औँ वरीयताका एडमन्ड फाइनल प्रवेशका लागि क्रोएसियन स्टार मारिन सिलिकविरुद्ध भिड्नेछन् ।

एडमन्ड ग्रान्डसलाममा सेमिफाइनलमा स्थान बनाउने छैटौँ ब्रिटिस खेलाडी पनि बने । उनी भन्दाअघि एन्डी मर्रे, ग्रेग रुसकी, जोन एललोइड, रोजर टेलर र टिम हेनमेनले ग्रान्डसलाम टेनिसमा पुरुष सिंगल्सतर्फ सेमिफाइनलमा स्थान बनाएका थिए । एडमन्डले खेल्दै गर्दा केही नसोचेको भए पनि खेलिसकेपछि गर्व गर्न आफूसँग अब केही बाँकी रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्