‘हुर्रे’ चलचित्रमा नीताको हट अवतार



काठमाडौं, १० माघ
चलचित्र क्षेत्रबाट पलायन भएकी नायिका नीता ढुंगाना पुनः नेपाली चलचित्र क्षेत्रमा जम्ने तरखरमा रहेकी छिन् । उनको पछिल्लो अभिनय रहेको चलचित्र हुर्रे टोलीले चलचित्रको प्रदर्शनको मितिसँगै प्रचार प्रसारलाई पनि तीव्रता दिएको छ ।

बजारमा नीता ढुंगाना र नायक अनुपविक्रम शाहीको कुनै पनि चलचित्र अहिलेसम्म बजारमा नआएको हुँदा यी दुई जोडीलाई दर्शकले रुचाउने निर्माण पक्षले अपेक्षा राखेको छ । फागुन २५ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘हुर्रे’ले हालै चलचित्रको दोस्रो गीत समेत रिलिज गरेको छ ।

यसअघि सार्वजनिक भएको ‘ठेकीमा दही’ बोलको गीतले राम्रै प्रतिक्रिया पाइरहेका बेला आइतबार निर्माण यूनिटले ‘बाँचे नी पशुपति मरे नी पशुपति’ बोलको गीत सार्वजनिक गरेको हो । चलचित्रमा नायिका नीता हट अवतारमा देखा परेकी छिन् । काली प्रसाद बाँस्कोटा र एकतारेको शब्द रहेको गीतमा कालीकै संगीत रहेको छ ।

गीतमा जुमा लिम्बु र गीतकार तथा संगीतकार कालीप्रसादको स्वर सुन्न सकिन्छ । धार्मिक स्थल पुशपति क्षेत्रमा खिचिएको भिडियोमा नायिका नीता ढुंगानाले हट आइटम डान्स गरेकी छिन् । उनीसँगै अंकित खड्का, राजाराम पौडेल लगायतका कलाकारहरुले पनि गीतमा ठुम्का लगाएका छन् । भिडियोका कारियोग्राफर विक्रम स्वाँर हुन् ।

पहिलो पटक नायिका ढुंगानाले आइटम नृत्य गरेकी हुन् । गीत सार्वजनिक कार्यक्रममा बोल्दै नीताले भनिन् ‘पहिलो पटक आइटम गीतमा नृत्य गर्न पाउँदा निकै खुसी महशुस भयो । गीत आफैंमा राम्रो भएका कारण पनि मैले काम गरेको हुँ ।’ कार्यक्रममा उनले आफ्नो लाइभ नृत्य पनि देखाइन् ।

प्रतिक्रिया दिनुहोस्