पर्यटन प्रवद्र्धनमा महाबाणिज्य दूतावास सक्रिय 



९ माघ २०७४

न्यूयोर्क/अमेरिका

न्यूयोर्क स्थित नेपाली महाबाणिज्य दूताबास नेपालको पर्यटन प्रवद्र्धनमा निकै सक्रिय देखिएको छ । नेपालको  पर्यटन क्षेत्रको प्रचारलाई विश्वभर फैलाउने उदेश्यले अन्तराष्ट्रियस्तरका संघसंस्थासंग  शनिबार न्यूयोर्कमा एक बृहत अन्तक्रिया गरी नेपालको कला संस्कृति, पर्यटकिय स्थलबारे जानकारी गराएको हो । अमेरिकाभर ‘ट्राभल एण्ड टुरिज्म’ क्षेत्रमा सक्रिय रहेको प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)का अनुभवी प्रतिनिधिहरुको सहभागितामा अन्तरक्रिया गरिएको थियो ।

नेपाल सरकारको दश वर्षभरीको तथ्याङ्क हेर्दा बर्षेनी औसत ५० हजारको हाराहारीमा अमेरिकीहरु नेपाल जाने गर्छन् । ती मध्ये लामो समयदेखि अमेरिकामा बसोबास गरिरहेका र कतिपय भुटानी शरणार्थीहरु समेत छन् ।

‘बर्षेनी ठूलो संख्यामा बिभिन्न मुलुक घुम्न जाने अमेरिकीहरुलाई नेपालको कला, संस्कृति र मनमोहक ठाउ“बारे जानकारी मात्रै दिनसके पनि नेपाल जाने अमेरिकीहरुको संख्या बढाउन सकिन्थ्यो’ नेपाली महाबाणिज्यदूत मुधुकुमार मरासीनीले भने, ‘पछिल्लो समय हामीले नेपाली पर्यटकिय स्थलबारे प्रसार प्रचार तिब्र पार्ने कोसिस गरिरहेका छौं ।’ उनका अनुसार आफुहरुसंग भएका अनगिन्ति सम्भाब्यताहरुबारे ब्यापक प्रचार गर्नु जरुरी छ । अमेरिकाको न्यूयोर्कमा मात्र नेपाली पर्यटनबारे चेतना फैलाउन सके बिस्तारै सबैतिर पुग्नेछ । न्यूयोर्कमा विश्वका बिभिन्न मुलुकका आप्रवासीहरुको बाक्लो बस्ती भएकाले पनि प्रचार गर्न सहज हुनेछ । नेपाल टाढा छैन भन्ने सन्देश प्रवाह गर्नुपर्छ । विश्वका जुनसुकै मुलुकबाट नेपाल भ्रमणमा जाँदा एकै स्टप (ट्रान्जिट)मा पुगिने देश भनेर बुझाउनु जरुरी छ ।

पर्यटनको विकासका लागि नेपाल सुन्दर देश भएर मात्र पुग्दैन । नेपाल प्राकृतिक सुन्दरताको खानी नै भएपनि त्यो सुचना विश्वभर पुग्न नसक्दा पर्यटनमा अझै विकास हुन सकेको छैन । सर्बोच्च शिखर सगरमाथा, भगवान बुद्धको जन्मस्थल लगायत बिश्वले चिन्ने सम्पदाहरु हामीसंग छन् । अनुपम सुन्दरताले भरिएका पर्यटकिय स्थलका साथै बर्षौ पुराना कला संस्कृति, पर्यटकलाई गरिने आतिथ्य ब्यवहार, मुलुकको शान्ति सुरक्षा र राजनीतिक स्थिरता यी सबै जोडिएर आउने भएकोले यी सबैको प्रचार गर्नु जरुरी रहेछ । ‘यी सबै कुरालाई हेर्दा पनि अबको समय पर्यटनको विकासका लागि खर्चने बेला आएको छ । बिदेशीहरुले नेपाल हेर्ने दृष्ट्रिकोणलाई सकारात्मक बनाउनु जरुरी छ ।

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) न्यूयोर्क च्याप्टरकी अध्यक्ष एलिजावेथ चेनले नेपालको पर्यटन विकास गर्न थुप्रै सम्भाव्यताहरु भएको बताइन् । ‘अहिले नेपालबाट प्रत्यक्ष ८ वटा अन्तराष्ट्रिय मुलुकमा हवाइ यातायात पुग्छ । बिस्तारै यसलाई बढाएर अन्य मुलुकहरु संग जोड्न सकिन्छ । यसले पर्यटन संगै एयरलाइन्सहरुको ब्यापार पनि बिस्तार गर्नेछ । नेपालमा विश्वका जुनसुकै मुलुकबाट यात्रा गर्न सजिलो छ । कतिपय त नेपाल टाढा छ भनेरै घुम्न जादैनन् । एउटै ट्रान्जिटमा पुगिन्छ भन्ने सुचना उनीहरुसम्म पुर्याउनु पर्यो’ उनले भनिन्, ‘पर्यटकिय विकासका लागि नेपाल थुप्रै संभावना, साधन र स्रोतले भरिएको सुन्दर मुलुक हो ।’

नेपालको हिमाल, पहाड, सर्बोच्च शिखर सगरमाथा मात्र होइन बुद्धको जन्मस्थल लुम्बिनी र मानसरोबर हेर्न पनि बिदेशीहरु त्यतिकै लालायित भएको पर्यटन क्षेत्रमा ३५ वर्षको अनुभव बलुटेका विज्ञ एण्डी भाटिया बताउ“छन् । नेपालको थुप्रै रमणीय र धार्मिक स्थलबारे प्रचार नहु“दा नेपालको पर्यटन बारे धेरैलाई थाहा नहुन सक्छ । यसका लागि प्रसार प्रचारमा लगानी गर्नुपर्ने भाटिया बताउ“छन् । ‘बिशेषगरी भारत, चीन, थाइल्याण्ड, भुटान घुम्न जाने पर्यटकलाई तार्गेट गरेर प्रचार गर्नुपर्छ’ उनले भने ‘नेपालबारे राम्रो प्रचार गर्न सके थाइल्याण्ड, चिन, भारत पुगेको विदेशी नेपाल नपुगि फर्कदैन ।’ अमेरिकाकै ‘टेलिभिजन सो’ हरुमा नेपालको पर्यटकियस्थल, मौलिक कला संस्कृति झल्कने बिज्ञापन दिएर, कार्यक्रम स्पोन्सर गरेर नेपाली पर्यटनबारे विज्ञहरुलाई बोल्न लगाएर पनि प्रचार गर्न सकिने उनले सुझाव दिए ।

पाटाका निर्वतमान अध्यक्ष जोस कानले विदेशी युवाहरुलाई तार्गेट गरेर प्रचार गर्न सके नेपाल घुम्ने पर्यटकको संख्या बढाउन सकिने बताए ।

पर्यटन बिज्ञ सुमन तिम्सिना पछिल्लो समय नेपालको अवस्थामा सुधार हुँदै गएको बताउ“छन् । पर्यटकहरुलाई केन्द्रित गर्दै पछिल्लो समय अपाङ्गता भएका व्यक्तिका लागि समेत होटल, शौचालय हरु स्थापना हुन थालेको उनले जानकारी दिए । कार्यक्रममा नेपालको कला संस्कृति झल्कने, रमणीय ठाउ“ र धार्मिकस्थल बारेको डकुमेन्ट्री प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्