इरानमा सर्वोत्कृष्ट हुदैँ ​अभिनेता सलमान



काठमाडौँ, ९ माघ
बलिउड अभिनेता सलमान खान अभिनीत चलचित्र ‘सुल्तान’ले इरानमा भएको तेहरान अन्तराष्ट्रिय स्पोर्टस फिल्म फेस्टिवलमा मुख्य विधामा कब्जा जमाएका छन् ।

खानले २०१६ मा रिलिज भएको ‘सुल्तान’बाट अन्तराष्ट्रिय स्तरमा अझै सम्म सफलता बटुलिरहेका छन् । फेस्टिवलमा सलमान सर्वोत्कृष्ट अभिनेता भए भने अनुष्का सर्वोत्कृष्ट अभिनेत्री घोषित भइन् । त्यस्तै अलि अब्बास जफर सर्वोत्कृष्ट निर्देशक समेत भएका छन् ।

‘सुल्तान’ एक अधवैशे कुस्तीवाजको कथामा आधारित थियो भने चलचित्रले भारू ५६० करोड कमाइ गर्न सफल भएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्