​नाक नभएको बच्चा जन्मियपछि



​वीरगन्ज, ९ माघ
वीरगञ्जमा सोमबार अनौठो बच्चा जन्मिएको छ । बच्चाको नाक छैन, आँखा एउटा मात्रै छ । वीरगन्ज हेल्थ कियरको इमरजेन्सीमा प्रसूूति गराउन भर्ना भएकी रौतहटकी एक महिलाले अनौठो बच्चा जन्माएकी हुन् । शिशुुको हातखुट्टा र शरीर भने ठिक थियो ।

ती गर्भवती महिला पाठेघरको मुखमा बच्चाको सालले छोपिएको र रगत बगिरहेको अवस्थामा हेल्थ केयरमा आइपुुगेकी थिइन् । पाठेघरको मुखमा बच्चाको सालमात्रै भेटिएपछि आमाको स्वास्थ्य अवस्था जोखिममा रहेकाले आमालाई बचाउन तुुरुन्तै अप्रेशन गरेर बच्चा निकाल्दा एउटा मात्रै आँखा थियो । बच्चालाई अप्रेशन गरेर निकाल्दा उसको धड्कन भने चलेको थियो । स्वास फेरीरहेको थियो । बिस्तारै आवाज निकालेर रोएको पनि थियो ।

अहिले बच्चालाई एनआइसियुुमा राखिएको र आमाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्