एमालेमा गैरेको समर्थन र ओलीको बिरोध



काठमाडौं, ९ माघ

एमालेले राष्ट्रिय सभामा प्रतिनिधि चयन गरे संगै यति बेला सामाजिक संजालहरुमा कार्यकर्ताहरुले असन्तुस्टी पोखिरहेका छन् । कारण हो एमालेका चर्चित युवा नेता तथा केन्द्रीय सदस्य ठाकुर गैरे राष्ट्रिय सभामा नपर्नु अनि भर्खरै मात्र राप्रपाबाट एमालेमा भित्रिएकी गायिका कोमल ओली राष्ट्रिय सभामा पर्नु ।

यतिबेला कार्यकर्ताहरुको एक मात्र गुनासो छ, किन ठाकुर गैरेलाई पाखा लगाइयो ? के योगदानको मुल्यांकन यहि हो ? किन ठाकुर गैरेलाई छाडेर कोमल ओलीलाई छानियो ? आखिर किना यस्तो गर्यो एमालेले अनि किन यस्तो चाहे शंकर पोख्रेलले ? तर यसको उत्तर न एमालेले दिन सकेको छ न त शंखर पोखरेलले नै ।

आफ्नो फेसबुक स्टाटसमा ठाकुर गैरेको तस्बिर राख्दै अनेरास्ववियुका केन्द्रीय सचिब सुदेश पराजुली लेख्छन : अग्रज अन्यायमा परे, न्याय कहाँ मागौ इतिहास सलाम योग्य छ ।

त्यसै गरि अनेरास्ववियुकै अर्का सचिब ओसिम आलम पनि गैरेको तस्बिर राख्दै लेख्छन : होइन बिनोद चौधरी, राज्य लक्ष्मी गोल्छ, ल्यारकाल लामाहरु अहिले कहा छन् ??? इतिहासले फेरी पनि सोद्ला एउटा योध्दा माथिको अन्याय ठाकुर गैरे जडता योध्दा  माथिको  यो कस्तो न्याय कमरेड ?

त्यसै गरि अनेरास्ववियुकै पूर्व सचिवालय सदस्य दिनेश आचार्य लेख्छन : नेकपा एमालेमा कोमल ओलीको जति योगदान र् संघर्ष ठाकुर गैरेको रहेनछ ?

अनेरास्ववियुकै अर्का पूर्व सचिवालय सदस्य अशेष घिमिरे लेख्छन : यो वर्ष गुन्द्रुकको अभाब भो कसै कहाँ भए सापटी पाम न राष्ट्रिय सभाको चै कुरा नगरौ ।

अनेरास्ववियु केन्द्रीय निर्बाचन आयोग सदस्य ऐन बिक्रम कुवार पनि लेख्छन : महान क्रान्तिकारी गायिका दीदी कोमल ओलीलाई हार्दिक बधाई !!

ठाकुर गैरेलाई अन्याय भएको भन्दै अनेरास्ववियुको कार्यकर्ताहरुले चर्को बिरोध गरिरहेका छन् । हेरौ केहि फेसबुक स्टाटसहरु :

 

 

 

प्रतिक्रिया दिनुहोस्